PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

खुकुरी प्रहार गरी बालक छोरा र भाइको हत्या, दुई छोरा घाइते



पहिलोपोस्ट

खुकुरी प्रहार गरी बालक छोरा र भाइको हत्या, दुई छोरा घाइते

काठमाडौँ: रुकुममा एक जनाले अन्धाधुन्ध खुकुरी प्रहार गरी छोरा र भाइको हत्या गरेका छन्।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १४ का ३६ वर्षीय शंकर विष्टले खुकुरी प्रहार गर्दा ६ वर्षीय छोरा सुदर्शन विष्ट र २० वर्षीय भाइ गोकर्ण विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी सुमित खड्काले जानकारी दिए।

खुकुरी प्रहारबाट दुई छोरा घाइते भएका छन्।

घाइते दुई छोराहरू प्रकाश विष्ट र दिनेश विष्टको नेपालगञ्जमा उपचार भइरहेको छ। शंकर केही वर्षदेखि मानसिक सन्तुलन बिग्रिएको र सोही कारण बुधबार बिहान घरमै  खुकुरी प्रहार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

छोरा र भाइमाथि खुकुरी प्रहार पछि आफैँ माथि खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेको समेत प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको छ। श्रीमती पानी लिन गएका बेला उनले आक्रमण गरेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell