PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रियंका चोपडाको इन्गेजमेन्ट ‍‍औँठी २ करोड माथि, प्रियंका कार्कीको ?



पहिलोपोस्ट

प्रियंका चोपडाको इन्गेजमेन्ट ‍‍औँठी २ करोड माथि, प्रियंका कार्कीको ?

हालै लण्डनमा बलिउड अभिनेत्री प्रियंका चोपडाले निक जोनससँग इन्गेजमेन्ट गरिन्। यता नेपाली अभिनेत्री प्रियांका कार्कीले पनि कलाकार आयुषमान देशराज जोशीसँग दुईपटक इन्गेजमेन्ट गरिन्। अभिनेत्रीद्वयले आफूभन्दा कम उमेरका गायक निक र कलाकार आयुषमानसँग इन्गेजमेन्ट गरेका कुरा निकै समय चर्चाको विषय बन्यो।

हालै सम्पन्न एक कार्यक्रममा प्रियांकाले आयुषमानसँग चाँडै नै विवाह गर्ने निर्णय सुनाइन्। उता प्रियंका पनि निकसँग विवाह गर्ने तयारीमा रहेको भारतीय मिडियामा उल्लेख छन्। बिहेको चर्चा चलिरहँदा अभिनेत्रीद्वयले लगाएको इन्गेजमेन्ट औँठीका चर्चा सुरु भएको छ।

२५ वर्षीय निकसँग इन्गेजमेन्ट गरेकी प्रियंकाले करिब २ करोड माथिको इन्गेजमेन्ट औँठी लगाएकी छिन्। प्रियंकाको ‌औंठीलाई २ लाख डलर लाग्ने डब्लु पी डाइमण्ड कम्पनीका अध्यक्ष एन्ड्र्युले भारतीय मिडियालाई जनाएका छन्। महंगो पारिश्रमिक लिने अभिनेत्रीले निकबाट २ करोड माथिको इन्गेजमेन्ट औँठी प्राप्त गरेकी हुन्। प्रियांका कार्कीले लगाएको औँठीको मुल्य भने अझै सार्वजनिक भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell