PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

डलर तिर्नुस्, भ्युज किन्नुस् : युट्युबमा फैलँदो 'फेक भ्युज' व्यवसाय



डलर तिर्नुस्, भ्युज किन्नुस् : युट्युबमा फैलँदो 'फेक भ्युज' व्यवसाय

‘सुर्के थैली खै’ को भिडियोले युट्युबमा सबैभन्दा पहिला एक करोड भ्युज कटाएपछि थुप्रै मिडियामा समाचार आयो। तर त्यसपछि धेरै गीतले यो कोशेढुङ्गा पार गरे। ‘कुटुमा कुटु’ को एक करोड भ्युज कट्दा केक काटेर खुसियाली मनाइएको थियो। अहिले यसको भ्युज सात करोड कटिसकेको छ। युट्युबको भिडियो भाइरल हुँदा नै मूलधारे मिडियामा नआए पनि अशोक दर्जी हिट भए। युट्युब भिडियोको प्रभाव बढ्दै गर्दा यसमा फेक भ्युजको व्यवसाय पनि राम्रैसँग फस्टाएको छ। न्युयोर्क टाइम्सको रिपोर्ट- 

मार्टिन भस्सिलेभले युटयुब भिडियोमा फेक भ्यूजहरु बेचेर राम्रो आयआर्जन गर्दैछन्। ओटावामा रहेको आफ्नै घरबाट काम गर्दै उनले यो वर्ष मात्र लगभग १५ लाख भ्यूजहरु बिक्री गरिसकेका छन्। जसबाट उनले हालसम्म कै धेरै दुर्इ लाख अमेरिकी डलरभन्दा बढी रकम कमाइसकेका छन्। 

३२ वर्षीय भस्सिलेभले आफैले ती भिडियो हेर्ने भने हैनन्।  उनको वेबसाइट '५००भ्यूज डट कम'ले ग्राहकहरुलार्इ चाहिने भ्युज, लाइक, डिसलाइकको सेवा प्रदान गर्दछ। सो लाइक, डिस लाइकहरु मानिसले नभई कम्प्युटरले निर्माण गर्दछ। 

भस्सिलेभ भन्छन्, 'म एउटा भिडियोमा असीमित भ्यूजहरु पुर्‍याउन सक्छु। उनीहरुले यसलार्इ धेरै वर्षदेखि रोक्न कोसिस गरेका थिए। तर उनीहरुले रोक्न सकेनन्। हरेक समस्याको समाधान हुन्छ।' 

गुगलपछि सबैभन्दा धेरै सर्च हुने साइट भनेको युटयुब हो। पिउ रिसर्च सेन्टरले २०१८ मा गरेको अध्ययनका अनुसार युवामाझ यो एक चर्चित प्ल्याटफर्म हो। यसले फेसबुक, ट्वीटर जस्ता ठूला कम्पनीलार्इ समेत पछि पारिदिएको छ। एक दिनमा करोडौं भ्यूज हुने भिडियो साइटले विश्वको सांस्कृतिक अनुभूतिहरु, करियर, ब्राण्ड बेच्न र राजनीतिक एजेन्डालार्इ बढावा दिएको छ। 

फेक एकाउन्ट र आर्टिफिसियल इन्फ्लुयन्स क्याम्पेनहरुले जसरी अरु सोसियल मेडिया कम्पनीहरुलार्इ समस्यामा पारेको छ, युटयुब पनि वर्षौंदेखि फेक भ्यूजसँग संघर्ष गरिरहेको छ। 

भस्सिलेभ सदस्य रहेको फेक भ्यूजको जालोले युट्युबको विश्वसनीयतालार्इ कमजोर बनाउन सक्दछ। उसले आफ्नो स्वार्थका लागि डिजिटल करेन्सीको फेरबदल गर्न सक्दछ। युटयुबले फेक भ्यूजहरु सानो परिणाममा रहेको बताए पनि ती भ्यूजहरुले गाह्रक र विज्ञापनदाताहरुलार्इ भ्रममा पारिरहेको हुन्छ। दर्जनौं अन्तर्वार्ता,सेल्स रेकर्ड र ट्रायलका लागि खरिदका गरिएका फेक भ्यूजहरुको अध्ययन गर्दै न्युयोर्क टाइम्सले फेक भ्यूको बजार चल्ने तरिका र युटयुबको उक्त भ्यू बढाउने सक्ने तरिका रोकथाम गर्ने सक्ने सामर्थ्यबारे अनुसन्धान गरेको थियो।  

भ्यूजहरुसँग छेडछाड गर्नु युटयुबको नियमविरुद्ध गरिने कार्य हो। तर गुगलमा छिटो र सरल तरिकाले भिडियोको काउन्ट ५०० देखि ५ हजार वा ५ लाख बढाउने भन्दै विज्ञापन गर्ने सयौं साइटहरु भेटिन्छन्। गुगल सर्च एड्समा एक भ्यू बराबर एक पेन्नी मात्र पर्ने अफर रहेको साइटहरु पनि भेटाउन सकिन्छ। 

साइटहरुका बारे अध्ययन गर्ने क्रममा टाइम्सका पत्रकारले ९ कम्पनीबाट हजारौं भ्यूजहरु अर्डर गरेका थिए। ती भ्यूजहरु न्यूज कम्पनीसँग असम्बन्धित थिए। माग गरिएका सबै भ्यूजहरु लगभग दुर्इ हप्तामा पूरा गरिएको थियो।

फेक भ्यूजको व्यवसाय गर्ने मध्ये एक कम्पनी हो 'डेभूमी डट कम'। उक्त कम्पनीको रेकर्ड अनुसार उनीहरुले तीन वर्षमा १९६ लाख युटयुब भ्युजहरु बिक्री गर्दै १ करोड २ लाख अमेरिकी डलर भन्दा धेरै आम्दानी गरेका छन्। उक्त भ्यूजहरु युटयुबमा आजसम्म देख्न सकिन्छ। २०१४ देखि २०१७ सम्मको रेकर्ड अध्ययन गर्दा धेरै अर्डरहरु केही हप्ताभित्रै नै पूरा गरिएको देखिएको छ। लाखौं भ्यूज वा त्योभन्दा धेरै भ्यूज अर्डर गर्नेहरुको लागि भने बढी समय लाग्ने गर्दछ। अत्याधिक मात्रामा भ्यूजहरु सस्तो र छिटो बिक्री गरिएबाट रियल भ्यूअर्सहरुले भिडियो नहेरेको संकेत गर्दछ। 

डेभूमीको ग्राहकका रुपमा आरटी (रसियन सरकारबाट सहयोग प्राप्त मिडिया) का कर्मचारी र अलजजिरा इंग्लिसका कर्मचारी रहेका छन्। अरु ग्राहकहरुमा अमेरिकन फर प्रोस्पेरिटीमा काम गर्ने एक फिल्म निर्देशक र  कन्सर्भेटिभ विचारका बारे बहस गर्ने समूह दि न्यूयोर्क पोस्टका भिडियो प्रमुख रहेका छन्। अलजजीरा र न्यूयोर्क पोस्टले कर्मचारीहरुसँग खरिद गर्ने अधिकार नै नभएको बताउँदै उनीहरु त्यस संस्थामा हाल संलग्न नरहेको बताएका छन्।          

धेरै संगीतकर्मीहरु पपुलर हुनका लागि भ्यूज खरिद गर्दछन्। युटयुब भ्युजले रेटिङ कम्पनी निल्सन र बिलवोर्ड हट १०० जस्तो सङ चार्टहरुमा प्रभाव पार्ने गर्दछ। 

केही कम्पनीहरुले भने सामाजिक संजालमा प्रोमोशन गर्ने र रियल भ्यूअर्सहरु माझ भिडियो पुर्या्उने वाचा सहित भ्यूज खरिद गर्दछन्।
७८ वर्षे डा जुडिट ओपेनहेइमरले एक कम्पनीलार्इ आफैले प्रकाशित गरेको किताबले राम्रो व्यापार गर्ने अपेक्षामा ५ हजार डलर बुझाएका थिए। डेभूमीबाट डेलिभर भएको उनको भिडियोमा एकाएक ५८ हजार भ्यूज पुगेको थियो।  

जुडिट  भन्छिन ' किताबको व्यापारमा कुनै वृद्धि भएन र कुनै बुक डिल पनि भएन। मैले कन्ट्रयाक्टमा हस्ताक्षर गरेपछि मसँग उनीहरुले के गर्दछन् वा गर्दैनन् भन्ने विषयमा कुनै प्रमाण थिएन। अहिले त्यसले केही महत्व राख्दछ। उनीहरुले त्यो एकै दिनमा गर्न सक्दछन्।'  
भ्यू बिक्री गर्ने मानिसहरुले भ्यूजहरु डेलिभर गर्ने विभिन्न उपायहरु अपनाउने गर्दछन्। यसमा अटोमेटेड वा 'बोट' ट्राफिक र पप-अन्डर भिडियोहरुबाट प्रयोगकर्ताको कम्प्युटर पहिचान गर्न नसक्ने प्रविधिसमेत रहेको हुन्छ। तर युटयुबले भने त्यस्ता क्रियाकलापको सामना गर्न आफूहरुसँग उचित प्रकृया रहेको बताउँदै आएको छ। 

युटयुबका प्रोडक्ट म्यानेजमेन्ट निर्देशक जेनिफर फ्लानेरी ओकननोर भन्छिन् 'यो समस्या समाधान गर्नका लागि हामीले वर्षौंदेखि कोसिस गर्दै आएका छौं। कम्पनीको सिस्टमले लगातार भिडियो गतिविधिको निगरानी गरिरहेको हुन्छ। यस्तै एन्टी फ्रड टिमले साइटहरु कसरी संचालन हुन्छन् भनेर बुझ्नका लागि समय-समयमा भ्युजहरु खरिद गरिरहेका हुन्छन्। हामीसँग त्यस्ता क्रियाकलापको पत्ता लगाउने सक्ने एकदमै राम्रो प्रविधि रहेको छ।'

अझै पनि चुनौतीहरु महत्वपूर्ण रहेका छन्। २०१३ मा युटयुबमा 'बोट' बाट फेक अकाउन्टका कारण धेरै ट्राफिक उत्पन्न भएको थियो। त्यतिबेला रियल भिजिटरहरुले नै युटयुब हेरिरहेको जस्तै अवस्था सृजना भएको थियो। फेक ट्राफिकलार्इ रियल बनाउने क्रमका कारण केही कर्मचारीहरुलार्इ यसबाट फ्रड डिटेक्सन सिस्टम नै असफल हुनसक्ने चिन्ता थियो । इन्जिनियरहरुले त्यसलार्इ 'डी इन्भर्सन' नाम दिएका थिए।
पहिले युटयुब फ्रड टिमका एक सदस्य रहेका ब्ल्याक लिभिङस्टन भन्छन् 'त्यो आफैमा एक असाधारण समस्या थियो।' तर पछि ट्राफिक सर्जबाट छुटकारा पाउन केही उपायहरु निकालियो। युटयुबले यसलार्इ वेबसाइटविरुद्धको आक्रमणको परिणाम बताएको थियो। 

वर्षौं पश्चात पनि फेक भ्यूज विरुद्धको संघर्ष जारी रहेको छ। यद्यपि युटयुबले गलत सूचना प्रवाह गर्ने क्रमको पनि सामना गर्नु परेको छ। सन् २०१६ को चुनावमा रसियाले गरेका प्रयास त्यसको उदाहरण हो। यस्तै, हालै प्रतिबन्धित भएको इन्फोवेर साइटको पोस्टसहितको भाषालार्इ हेट स्पीच मान्दछ। 

युटयुबले दैनिक रुपमा कति फेक भ्यूज ब्ल्क गर्यो  भन्ने खुलासा गर्न चाहेन। तर युटयुबका अनुसार उनीहरुको टिमले १ प्रतिशत भन्दा कम मात्र फेक भ्यूज रहन दिन प्रयास गर्दछ। अझै पनि धेरै त्यस्ता प्ल्याटफर्महरु छन् जसले करोडौं भ्यूजहरु रजिस्टर गर्दछ र दशौं हजार फेक भ्यूज दैनिक रुपमा उत्पादन गर्न सक्दछ।  

लिभिङस्टनका अनुसार भ्यूज काउन्टसँग हेरफेर तबसम्म समस्याका रुपमा रहनेछ जबसम्म भ्यूजबाट हुने पपुल्यारिटी युटयुबको पैसा कमाउने माध्यम हुनेछ। 

रियल मनी , फेक अडियन्स

भस्सिलेभलार्इ आफ्नो बुबासँगै क्यानाडा गर्इ बस्न र त्यहाँ पुगेर आफ्नै घर र बियमडब्लु ३८२आइ किन्न लगभग १८ महिना लाग्यो। 
युटयुब भ्यूज खरिद गरेकै कारण २०१४ को अन्त्यसम्म उनको वेबसाइट गुगल सर्च पेजको पहिलो स्थानमा आइपुगेको थियो। उनले दैनिक रुपमा १५० देखि २०० अर्डरहरु पुरा गर्थे र महिनामा ३० हजार अमेरिकी डलर भन्दा बढी कमाउथे। भस्सिलेभ भन्छन् 'अनलाइनबाटै यत्तिका धेरै पैसा कमाउन सकिन्छ भनेर म आफैलार्इ विश्वास थिएन।' टाइम्सको रिपोर्टरले उनको साइटमा २५ हजार भ्यूज अर्डर गरेका थिए, जुन एक दिन पछि नै पूरा भएको थियो।  

गुगलका प्रवक्ता भन्छन् भ्यूज बिक्री गर्ने साइटहरु सर्च रिजल्टमा देखा पर्दछन् किनभने तिनीहरु सान्दर्भिक हुन्छन् तर त्यहाँ प्रयोगकर्ताहरुलार्इ सावधान गर्नका लागि सुधार गर्न सकिन्छ।   

भस्सिलेभले आफ्ना ग्राहकहरुको नाम खुलासा गरेनन् तर उनका अनुसार जनसम्पर्क वा व्यवसायिक फर्महरुबाट धेरै अर्डर आउने गर्दछ। 
आजकाल उनी आफ्ना धेरै अर्डरहरु २९ वर्षे सियन टामिरले खोलेको 'एसएमएमकिङस् डट कम' बाट अर्डर लिने गर्दछन्। टमिरका अनुसार युटयुबले फेक भ्यूजलार्इ निरुत्साहित गर्न वर्षमा धेरैपटक आफ्नो सुरक्षा प्रणालीमा परिवर्तन गर्ने गर्दछ। गत जनवरीमा मात्र युटयुबले त्यस्तै एक इपिसोड संचालन गरेको थियो। तर त्यसको एक हप्ता पश्चात नै धेरै साइटहरु फेरि सञ्चालन भएका थिए। त्यही बेला नै टाइम्सले धेरै मात्रामा भ्यूजहरु खरिद गरेको थियो। सप्लायर्सहरुका अनुसार उनीहरुले त्यसलार्इ मानवबाटै भएको ट्राफिकबाट जस्तै देखाउन आफ्नो सिस्टममा अपडेट गर्ने गर्दछन् ।

भ्यूज बिक्री गर्ने २४ वर्षे कार्लटन इ बाइनम ग्राहकहरुलार्इ आकर्षित गर्न विज्ञापनको प्रयोग गर्दछन्। उनले यस वर्ष मात्र १ लाख ९१ हजार भन्दा बढी रकम कमाएका थिए। तर १ लाख ९० हजार त उनले गुगलको सबैभन्दा माथि देखिने विज्ञापनका लागि मात्र खर्च गरे। हाउसटनमा रहेको घरैमा रहेको कार्यालयबाट उनको साइट 'गेटलाइक्स डट किल्क्स' ले युटयुब भ्यूजका साथसाथै इन्स्टाग्राम र ट्वीटर फलोवर्स, फेसबुक लाइक र साउन्डक्लाउड प्लेज समेत बिक्री गर्ने गर्दछ। 

गुगलले 'बाइ युटयुब भ्यूज' जस्ता शब्दहरु भएको विज्ञापनलार्इ अनुमति दिदैन। तर बाइनमका अनुसार पहिलो पटक विज्ञापन अस्वीकृत भए शब्दहरुलार्इ अशुद्ध लेख्दै धेरै पटक विज्ञापनका लागि आवेदन दिनु एक उपाय हो। पेड युटयुब भ्यूजका लागि विज्ञापनका बारेमा सोध्दा गुगलले बाइनम सहितका केही विज्ञापन हटाएको थियो। तर त्यस्तै विज्ञापन दुर्इ हप्ता पश्चात गुगलमा फेरि देखिएको थियो। 

बाइनमले भ्यूज बिक्री गर्नुपूर्व उनी आफ्नै लागि भ्यूज खरिद गर्ने गर्दथे। गत वर्ष म्यारिन क्रप्सबाट छुट्टिए पछि उनले युटयुबमा प्रोडक्टहरुको रिभ्यू पोस्ट गर्ने गर्दथे। र आफ्नो लिङकबाट कसैले केही प्रोडक्ट खरिद गरे केही कमिसन लिने गर्दथे। 

उनले खरिद गरेको भ्यूजका कारण उनको भिडियो र्या ङकिङमा अरु प्रतिस्पर्धीहरुको भिडियो भन्दा धेरै माथि रहने गर्दथ्यो। उनको भिडियोले सर्च मार्फत धेरै ट्राफिक हासिल गर्थ्यो र उनले धेरै पैसा कमाउथे। (युटयुबका प्रवक्ताका अनुसार सर्च र्या ङकिङलार्इ प्रभावित पार्ने तत्व मध्ये भ्यूज पनि एक हो।)

उनले भने 'यसले राम्रो काम गर्यो। मैले एकैदिनमा भ्यूज हासिल गर्नसक्छु। मैले केही घण्टामा लाइक प्राप्त गर्न सक्छु।'

बाइनमका अनुसार उनले रियल भ्यूअर्सले भिडियो हेरिरहेको भन्ने विश्वास गर्दथे। उनी भन्छन् 'तर म गलत हुने पनि केही सम्भावना रहेको छ र यो 'बोटस्' हो। उनीहरुको भिडियो अहिले पनि र्याटङकिङमा रहेको छ।'

भस्सिलेभले आफनो वेबसाइटमा रहेको भिडियोलार्इ प्रोमोट गर्न फेक भ्यूजको सहारा लिएको बताएका थिए। तर यसबाट उनले सहि भ्यूअर्ससिप बिक्री गरेको सही हो भन्ने कुरा प्रस्ट हुदैन। उनी भन्छन् 'यो असम्भव छ।'

फैलिँदै जालो

अवकाशप्राप्त अंग्रेजी र मनोविज्ञानका प्रोफेसर एलिजाबेट क्लेटनले आफ्नो कविता प्रकाशित गर्नका लागि ४ हजार २ सय डलर हानकक प्रेसलार्इ दिएकी थिइन्। कम्पनीले ४० हजार युटयुब भ्यूज ग्यारेन्टीसहित अनलाइन प्रमोसनले किताब बिक्री हुने बतायो। 

७७ वर्षीया क्लेटन आशावादी थिइन्। उनले ७ वर्षदेखि आफ्ना कविता प्रकाशित गर्दै आएकी थिइन। तर ती किताबहरु धेरै बिक्री भएको हुनसकेको थिएन। रोयल्टीमार्फत् उनले १४७ र ७५ डलरको चेक प्राप्त गरिन्। उनले हानककसँग आफ्ना दुर्इ भिडियो प्रोमोट गर्न सम्झौता गरेकी थिइन्। 

हानककले डुमिनिलार्इ एक भिडियोका लागि २७० देखि ५५ हजार डलर दिने गर्दछ। भ्यूजहरु ६० हजार सम्म पुगेको थियो। तर बिक्रीमा कुनै प्रगति भएन। 'उनीहरुले मलार्इ भिडियो हेर्ने मानिसका बारेमा केही भन्न सकेनन्। मलार्इ केही शंका लाग्यो तर मैले केही सूचना पाइनँ।'
अर्कन्सनसमा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाइन हानकक वास्तविक मान्छेहरुले नै भिडियो हेर्ने बताउँछन्। रियल भिजिटर्स दिने भन्दै नै डुमिनीले भ्यूजहरुको मार्केटिङ गरेको थियो। हानककलार्इ व्यवसायमा सहयेग गर्दै आएकी उनकी छोरी केसी स्याले क्लेटनको डकुमेन्ट र डेभूमीको रिसिप्ट फेक भएको बताइन्। 

तर डेभूमीको रेकर्ड अनुसार हानकक प्रेसले तीन वर्षमा २६ हजार खर्च गर्दै ७५ लेखकका लागि पाँच करोड भन्दा बढी भ्यूज  प्राप्त गरेको देखाउँछ। क्लेटन जस्तै अरु ६ जना हानककका ग्राहकको अनुभव पनि त्यस्तै थियो। 

डेभूमीले भने यस विषयमा कुनै प्रतिक्रिया दिन मानेनन्। टाइम्सले उक्त कम्पनीको वेबसाइटबाट फेक ट्वीट फलोवर्स बिक्री गर्ने समाचार प्रकाशित गरे पछि डेभूमीमाथि जनवरी देखि दुर्इ राज्यमा छानविन सुरु भएको थियो। त्यहाँबाट आफूहरुले उक्त कार्य बन्द गरेको डेभूमीले उल्लेख गररेको छ। 

डेभूमीका धेरै ग्राहकहरु सांगीतिक क्षेत्रका हुने गर्दछन्। भ्यूज खरिद गर्नु  यस क्षेत्रमा सामान्य र आवश्यक मानिन्छ। बिलवोर्डका उपाध्यक्ष सिल्भो पिट्रोलुउन्गो भन्छन् 'युटयुब संगीत बिक्री गर्ने एक प्रमुख स्रोत हो र सांगीतिक ट्रेन्ड र पपुल्यारिटीको मुख्य साधन हो।'

एक नयाँ कलाकारका रुपमा अलिम खालिदले २०१४ मा क्राउड सर्फ भन्ने प्रोमोसन कम्पनीसँग सम्झौता गरे। उनका अनुसार उनको ज्ञान बिना नै उक्त कम्पनीमा उनको तीन भिडियमा १० हजार भ्यूज खरिद गरेको थियो। अहिले ती भ्यूहरु ११ हजार देखि ४२ हजारको बिचमा रहेका छन्। उनी भन्छन् 'जब यस्ता सामाजिक संजालहरु सुरु भएका थिए तिनीहरु वास्तविक देखिन्थे, त्यो संजालको सुन्दर पक्ष थियो। तर मलार्इ अहिले सबै कुरा फेक लाग्छ।'  (क्राउड सर्फका सह-संस्थापक क्याससी पेट्रेले डेभूमीले आफ्नो वेबसाइटमा उल्लेख गरे झै रियल भ्यूज उत्पादन गर्ने आफूलार्इ लागेको बताइन्।)

डेभूमीमा आश्रित अरुहरुले पनि आफूहरु कम्पनीको तरिका देखेर अचम्मित भएको बताए। कन्सर्भेटिभ फिल्ममेकर अमी होरोविचले आफू खेलेको 'ह्वाट वी लर्नड एट डी पिपल्स क्लाइमेट मार्च' भन्ने भिडियोका लागि दश हजार भ्यूज खरिद गरेका थिए। उनले फर्गुसन मोमा भएको प्रदर्शनको भिडियोको लागि पनि भ्यूज खरिद गरेका थिए। 

एक वक्तव्यमा उनले डेभूमीले एक परम्परागत वेब विज्ञापन कम्पनी जस्तै काम गर्ने बिश्वास रहेको बताएका थिए। यस्तै उनले पछि डेभूमी र त्यस्तै सेवाहरु फेरी कहिल्यै नचलाएको बताए। अमेरिकन फर प्रोस्पेरिटीका प्रवक्ताले उक्त व्यवहार अनैतिक भएको र सो समूह जानीजानी त्यसमा संलग्न नहुने बताएको छ।  

समस्या पत्ता लगाउँदै

युटयुबका इन्जिनियर र डाटा सम्बन्धी वैज्ञानिकहरु कोन्नरले भनेको 'धेरै जटिल समस्या' सँग प्रतिस्पर्धा गर्नका लागि आफ्नो क्षमता विकास गर्दैछन्।  

टाइम्सका रिपोर्टरले जब आफूले युटयुब भिडियोका लागि खरिद गरेको भिडियो देखायो तब कम्पनीले बिक्रेताहरुले पहिल्यै सुल्झिसेकेको समस्यालार्इ बल्झाउने काम गरेको बताए। पछि त्यही दिन रिपोर्टरले पहिला कै छ जना बिक्रेतासँग अरु भ्यूजहरु खरिद गरेको थियो। विस्तारै भएतापनि फेरी भ्यूजहरु बढ्ढै थिए। केही हप्ता पश्चात दुर्इ बिक्रेताहरुले माग गरे बमोजिम सबै भ्यूज उपलब्ध गराएका थिए।  

युटयुबले फेक भ्यूज भएको सबै भिडियो पत्ता लगाउने अवस्था छैन। २०१६ मा भएको अमेरिकी निर्वाचनमा गलत सूचना प्रवाह भएको सम्बन्धी गुगुल पब्लिक रिपोर्ट २०१७ ले आरटीको यूट्यूब च्यानलहरू हेरेको थियो। उक्त रिपोर्टको निश्कर्षमा लेखिएको छ, 'त्यहाँ हाम्रो प्लेटफार्म वा नीति उल्लङ्घनको हेरफेर गरेको कुनै प्रमाण छैन।' तर हालै टाइम्सले आरटी कर्मचारीले २०१६ मा भिडियोको लागि फेक भ्यूजहरु खरिद गरेको पत्ता लगाएका थिए। युटयुबले आफूहरुले त्यो पत्ता लगाउन नसकेको स्वीकार गरेको थियो।

आरटीका एक संवाददाता जेम्स ब्राउनले युरोपमा घर नभएका र आप्रवासीका समस्याहरूमा केन्द्रित भिडियोका लागि ३० हजार भ्यूजहरु र ३०० लाइकहरु खरीद गरेका थिए। ब्राउन भन्छन् कि उनलार्इ डेभूमीले भ्यूजहरु वास्तविक मान्छेको हुने बताएको थियो। यता, आरटीका प्रवक्ताले भने कम्पनीलार्इ खरिदबारे कुनै जानकारी नभएको र उनीहरु आन्तरिक समीक्षामा रहेको बताएका थिए। 

आन्तरिक समितिका शीर्ष डेमोक्रेट नेता र भर्जीनियाका सिनेटर मार्क वार्नरले भने 'टवीटर र फेसबुकले यस क्षेत्रमा केही विश्वसनीय प्रगति गरेको देखिन्छ, तर युटयुबले अझै पनि आफ्नो प्लेटफर्ममा हुने गलत गतिविधिको पहिचान गर्न संघर्ष गर्दैछ। यसले मलार्इ चिन्तित बनाएको छ।'

भ्यूजहरु बिक्रि गर्ने साइटहरुले अझै गलत तरिकाले विज्ञापन गर्दैछन्। युटयुब क्रिएटर ब्लगमा प्रयोगकर्ताहरुलार्इ फेक भ्यूज विरुद्ध सचेत गराउने खालका पोस्टहरुमा नै भ्यूज बिक्री गर्ने साइटहरूसँग जोडिएका धेरै टिप्पणीहरू छन्।

भस्सिलेभ भन्छन 'युटयुबले आफ्नो भ्यूज काउन्टर हटाएमा मात्र यो समस्याको समाधान हुन सक्छ। तर त्यसो गरे युटयुबको उद्देश्य पराजित हुनेछ।'

(न्युयोर्क टाइम्सको रिपोर्टमा सहयोग रञ्जितको भावानुवाद)




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell