PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

किम जोङ नामको हत्याको सुनुवार्इ सुरु



पहिलोपोस्ट

किम जोङ नामको हत्याको सुनुवार्इ सुरु
फोटो: AFP

साह आलम : मलेसियाको साह आलम उच्च अदालतले उत्तर कोरियाली नेता किम जोङ उनका सौतेला भाइ किम जोङ नामको हत्या आरोपमा पक्राउ परेका दुई महिलाको मुद्दा सुनुवाई गर्न आदेश दिएको छ। अदालतले दुईजना महिलाविरुद्ध पर्याप्त प्रमाण रहेको भन्दै उनीहरुलार्इ आफू विरुद्ध लागेको अभियोगको बचाउ गर्न र सुनुवार्इ जारी राख्न आदेश दिएको हो।  

इन्डोनेसियाकी सिती एईस्याह र भियतनामकी दोअन थी हौङलार्इ मलेसियाको क्वालालामपुर अन्तर्राष्ट्रिय विमानस्थलमा किम जोङ नामको अनुहारमा कडा रसायनिक पदार्थ प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको थियो। 

तर उनीहरु दुवैले बयानका क्रममा आफूहरुले किम जोङ नामको हत्या नगरेको र आफूहरुलार्इ टि भी प्रयांक शोमा सहभागी हुने बताइएको बताएका थिए।   

फेब्रुअरी १३ का दिन मलेसियाको विमानस्थलबाट मकाउ तर्फ उडानका लागि तयारी गरिरहेका बेला नामको विमानस्थलमै हत्या गरिएको थियो। उनीहरूले रासायनिक पदार्थ नामको अनुहारमा प्रहार गरेको सिसिटीभी दृश्यमा देखिएको थियो। नामको आक्रमण पश्चात अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। 

दक्षिण कोरियाले भने नामको हत्यामा उत्तर कोरियाको हात रहेको आरोप लगाएको थियो । दुवै महिलाले पनि आफूहरु उत्तर कोरियाको साजिशमा फसेको बताएका छन्। 

एईस्याहका पिताले घटना नियोजित भएको र उनको छोरीलार्इ नामको हत्या प्रयासका बारेमा केही थाहा नभएको बताएका छन्। महिलाका वकिलले भने किमको मृत्यु हुनु एक दिन पूर्व उनीहरुलार्इ एयरपोर्ट, होटेल र सपिङ मलहरुमा मानिसहरुको अनुहारमा तरल पदार्थ प्रहार गर्दै प्रयांक गर्न पैसा दिएको बताएको बीबीसीले उल्लेख गरेको छ। 

तर न्यायाधीश अज्मी अरिफफिनले भने सो घटना ती दुर्इ युवती र अरु चार उत्तर कोरियालीहरुको संयुक्त प्रयासमा भएको देखिएको बताएका छन्। सिसिटीभीमा कैद भएको दृश्यबाट ती युवतीहरुलार्इ आफूसँग रहेको तरल पदार्थ रसायन भएको भन्ने उनीहरुलार्इ ज्ञान भएको स्पष्ट हुने अज्मीको ठहर छ।  

अदालतबाट उनीहरु दोषी प्रमाणित भएको खण्डमा उनीहरुलार्इ मृत्युदण्डको सजाय हुनसक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell