PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विश्वमा आज: अटल बिहारी वाजपेयीको निधनदेखि डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकी मिडिया



पहिलोपोस्ट

विश्वमा आज: अटल बिहारी वाजपेयीको निधनदेखि डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकी मिडिया

अटल बिहारी वाजपेयीको  निधन 
भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ। भारतीय जनता पार्टीका संस्थापक रहेका वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री बनेका थिए। 


अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स)  अस्पतालमा उनको निधन भएको हो। अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेको छ।


डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकी मिडिया
अमेरिकाका ३०० भन्दा बढी मिडियाहरुले प्रेस स्वतन्त्रताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मोर्चाबन्दी गरेका छन्। 


बोस्टन ग्लोबले 'ह्यास ट्याग इनिमी अफ नन' प्रयोग गर्दै  गत हप्ता मात्र ट्रम्पले मिडियाविरुद्ध गरेको घृणित प्रचारबाजी विरुद्ध सबैलार्इ एकताबद्ध हुन आह्वान गरेको थियो।ट्रम्पले  मिडिया रिपोर्टहरुलार्इ 'फेक न्यूज' र पत्रकारहरुलार्इ 'जनताका शत्रु' भनेका थिए। 

इक्वेडरको बस दुर्घटना 
इक्वेडरमा एउटा बस दुर्घटना हुँदा १९ जना मृत्यु भएको छ ।  मृत्यु हुनेमा १९ जनामध्ये १२ जना  कोलम्बियाली नागरिक , चार भेनेजुएली र तीन जना इक्वेडरका नागरिक रहेको प्रहरीले जनाएको छ । यस्तै २२ जना घाइते भएका छन्।


दर्घटनामा परेको बसलाई पर्यटकहरु बोक्ने अनुमति नरहेको कोलम्बियाको यातायात मन्त्रालयले  जनाएको छ। उक्त बसमा रहेका दुई जना सवारी चालकमध्ये एक जनालाई पक्राउ गरेको छ । 

इन्डोनेसिया भूकम्पमा मृत्यु हुनेको संख्या ४६० पुग्यो
इन्डोनेसियाको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले  मध्य इन्डोनेसियाको लोम्बोक टापुमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या४६० पुगेको जानकारी दिएका छन् यस्तै भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् ।

यस भूकम्पको कारण ४ लाख १७ हजार व्यक्तिलाई उनीहरुको घरबाट अन्यत्रै सुरक्षित स्थानमा लगिएको  अधिकारीले जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell