PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रकाण्डको स्वीकारोक्ति 'पार्टीको नीति अनुसार चन्दा उठाएको हुँ'



पहिलोपोस्ट

प्रकाण्डको स्वीकारोक्ति 'पार्टीको नीति अनुसार चन्दा उठाएको हुँ'

काठमाडौँ: प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले (प्रकाण्ड) आफूले पार्टीको नीति अनुसार चन्दा उठाएको बताएका छन्।

सरकारी वकिलसहितको बयानमा नेता विकले पार्टीको नीति बमोजिम नै चन्दा उठाएको बताएको हुन्। उनको बयानमा पार्टीको नीति अनुसार दिन सक्नेहरूलाई भौतिक र आर्थिक सहयोग मागेका हौँ।' भन्ने उल्लेख गरिएको छ।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई चन्दा लिएको अभियोगमा एक साताअघि पक्राउ गरेको थियो। हो। उनले  ७ करोड ५० लाख रुपैयाँभन्दा बढी चन्दा संकलन गरेका देखिएको प्रहरीको दाबी छ। उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको प्रहरी स्रोतको दाबी छ।

पक्राउपछि नरेन्द्रबहादुर सिंह विकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका छन्। अदालतले रिटमा सुनुवाइ गर्दै विकलाई उपस्थित गराउन आदेश दिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौँले बिहीबार लिखित कारणसहित नेता विकलाई उपस्थित गराएको थियो। विकको रिटमा शुक्रबार बहस हुनेछ।

प्रहरीले भने चन्दा उठाएको प्रमाण भएको र अदालतबाट म्याद लिएर नै हिरासतमा राखिएको जवाफमा उल्लेख गरेको छ।

नेता विकले विभिन्न उद्योग, विद्यालय, व्यापारीलगायतबाट चन्दा उठाएको प्रहरी अनुसन्धानमा देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell