PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फ्राइडे रिलिजमा ४ नेपाली फिल्म, विदेशी फिल्म बुधबार नै पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिजमा  ४ नेपाली फिल्म, विदेशी फिल्म बुधबार नै पर्दामा

काठमाडौँः यो साता शुक्रबार प्रदर्शन अन्तर्गत चार नेपाली फिल्म छन्। 'मिस्टर भर्जिन', 'जय सम्भु', '१२ मासे' र 'ब्ल्याक' प्रदर्शनमा आएका फिल्महरु हुन्।

फिल्म 'जय सम्भु' एक्सन विधामा आधारित भएर बनेको फिल्म हो। रुपेश तामाङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रशान्त तम्राकार, अनुपविक्रम शाही, वर्षा शिवाकोटी लगायतको अभिनय छ।  

त्यस्तै फिल्म 'मिस्टर भर्जिन'लाई बिशारद बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल, सृजना सुब्बा लगायतको अभिनय छ।

तीन युवाको यौन मनोविज्ञानको कथामा फिल्म बनेको छ। फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहेको छ। खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद फिल्मका निर्माताहरु हुन्।

यो साता नै प्रदर्शनमा आएको अर्को फिल्म हो '१२ मासे'। केमडी विधामा बनेको यस फिल्ममा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतको अभिनय छ। फिल्मलाई लय संग्रौलाले निर्देशन गरेका हुन्।

फिल्ममा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, बासु न्यौपानेको छायाँकन र अनन्त घिमिरेको सम्पादन रहेको छ।

फिल्म 'ब्ल्याक'लाई भने प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्माको मुख्य अभिनय छ। एक्सन र लभस्टोरी विधामा बनेको फिल्मलाई मौनता श्रेष्ठले लेखेकी हुन्। यो शुक्रबार कुनै बलिउड फिल्म नेपाल प्रदर्शनमा आएन। तर गत बुधबार नै दुई बलिउड फिल्म नेपाल प्रदर्शनमा आए। जोन अब्राहम अभिनित 'सत्य मेवे जयते' र अक्षय कुमार अभिनित 'गोल्ड' प्रदर्शनमा आए। बुधबार नै प्रदर्शनमा आएका दुई बलिउड फिल्मले प्रदर्शनमा आएका चार नेपाली फिल्मलाई कत्तिको प्रभाव पर्ला ? त्यो त केहीदिनपछि नै थाह हुनेछ।

त्यस्तै हलिउड फिल्म 'अल्फा' नेपाल प्रदर्शनमा आएको छ। अल्बर्ट हग्स निर्देशित फिल्म एड्भेन्चर विधामा बनेको फिल्म हो। फिल्ममा कोडी स्मित नतासा लगायतको अभिनय छ।  

 

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell