PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गाईगोरु मार्नेलाई कानुन लगाएको विरोधमा सिंहदरबारअगाडि लुगा फुकालेर प्रदर्शन



गाईगोरु मार्नेलाई कानुन लगाएको विरोधमा सिंहदरबारअगाडि लुगा फुकालेर प्रदर्शन

काठमाडौँ : गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको विरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवकले नग्न प्रदर्शन गरेका छन्।

तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको जितिन लिम्बुले बताए। उनले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न र सबैलाई लागू हुने गरी नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए।

उनको छाती ‘सरकार मुर्दावाद’ लेखिएको र यौनांग ‘जनावर सबै एक हुन्, कानुन सबलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधर गर, गाईलाई राष्ट्रिय जनावरबाट बदली गर’ लेखिएको प्लेकार्डले छोपिएको थियो। सडकमा नग्न प्रर्दशनमा उत्रिएका उनलाई केहीबेरमै प्रहरीले पक्राउ गरेको छ।

सार्वजनिक स्थलमा अश्लीलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ। नग्न प्रर्दशन गरेका लिम्बुलाई महानगरीय वृत्त सिंहदरबारको हिरासतमा राखिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell