PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अटल बिहारी बाजपेयीको आज अन्त्येष्टी गरिँदै



अटल बिहारी बाजपेयीको आज अन्त्येष्टी गरिँदै
फोटो: AP

दिल्ली : बिहीवार निधन भएका भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको आज अन्त्येष्टि गरिने भएको छ। 

लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा ९३ वर्षको उमेरमा हिजो निधन भएको थियो। 

बाजपेयीको पार्थिव शरीरलार्इ हिजो राति उनकै घरमा राखिएको थियो भने हाल नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालय बिजयघाटमा अन्तिम दर्शनका लागि राखिएको छ। 

आजै राजघातमा अवस्थित महात्मा गांधीको समृति स्थल नजिकै बाजपेयीको अन्तिम संस्कार गरिने सरकारले जनाएको छ। त्यसभन्दा अघि राष्ट्रिय सम्मानका साथ भाजपा मुख्यालयबाट उनको शव यात्रा निकालिने छ। 

भारत सरकारले बाजपेयीको निधनमा सात दिनसम्म राष्ट्रिय शोक घोषणा गर्दै  कुनै पनि औपचारिक कार्यक्रम नगरी र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। भारत रत्नबाट सम्मानित बाजपेयी तीन पटक भारतका प्रधानमन्त्री बनेका थिए। 

बाजपेयीको अन्त्येष्टिमा सहभागी हुने नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भुटानका राजा जिग्मि केसर नामगेल, बंगलादेशका परराष्ट्र मन्त्री अबुल हसन महमुद, श्रीलंकाका कार्यवाहक परराष्ट्र मन्त्री लक्ष्मन किरिएल्ला लगायतका नेताहरु दिल्ली पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell