PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

एथ्लेटिक्स टोलीको बिदाइ



पहिलोपोस्ट

एथ्लेटिक्स टोलीको बिदाइ

काठमाडौँ : इन्डोनेसियमा भोलीबाट सुरु हुने १८औं एसियन गेम्समा सहभागी हुने नेपाली एथ्लेटिक्स टोलीलाई काठमाडौँ जिल्ला एथलेटिक्स संघले शुक्रवार दशरथ रङ्गशालामा बिदाण गरेको छ।

एसियाली खेलमा एथ्लेटिक्सतर्फ नेपालका ४ पुरुष र दुइ महिला खेलाडीहरुले सहभागिता जनाउने छन्।

जसमा पुरुषतर्फ यम साजन सुनार, गोपी चन्द्र पार्की, कृष्ण बस्नेत र सोम बहादुर कुमाल छन् भने महिलातर्फ सरस्वती भट्टराई र विश्वरुपा बुढा रहेका छन्।

टिम व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य शान्ति सिंह र प्रशिक्षकमा प्रमुख प्रशिक्षक अमिरी प्रसाद यादव रहेका छन्। एथ्लेटिक्स भदौ ९ देखि ११ गतेसम्म रहेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell