PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पाकिस्तानको २२ औं प्रधानमन्त्री इमरानले लिए शपथ 



पाकिस्तानको २२ औं प्रधानमन्त्री इमरानले लिए शपथ 
फोटो: Reuters

क्रिकेटबाट विश्व विजेता पूर्व क्रिकेट कप्तान इमरान खान पाकिस्तानको प्रधानमन्त्री शुक्रवार निर्वाचित भएका हुन्।  पाकिस्तान तेहरिक-ए-इनसाफ (पीटिआई) का अध्यक्ष रहेका खान पाकिस्तानको २२औँ प्रधानमन्त्री बनेका हुन्। उनले आज शपथ लिएका छन् ।

६५ वर्षीय खानको शपथ समारोहमा प्रधानमन्त्री पत्नी बुश्र, राजनीतिज्ञा तथा सैनिक उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।

राष्ट्रिय सभाका प्रवक्ता असद क्वाइसरले मत गणनापछि प्रधानमन्त्रीको नाम घोषणा गरेका हुन्। राष्ट्रिय सभामा भएको मतदानमा खानले १७६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी पाकिस्तान मुस्लिम लिग नवाजका शेहबाज शरिफले ९६ मत पाए।

उनका पार्टी पीटिआईले जुलाईमा भएको निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको थियो।

आफ्नै पार्टी स्थापना गरेको दुई दशकपछि साना पार्टीहरुको सहयोगमा सन् १९९२ को विश्वकप क्रिकेट विजेता इमरान खान प्रधानमन्त्री बनेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell