PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश २ मा प्रधानमन्त्रीको सम्बोधन : कलकत्ता जाने पानीजहाज प्रदेश २ बाटै जाने हो, यहाँको विकास हुन्छ



प्रदेश २ मा प्रधानमन्त्रीको सम्बोधन : कलकत्ता जाने पानीजहाज प्रदेश २ बाटै जाने हो, यहाँको विकास हुन्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा कतै विभेद भए त्यसलार्इ संशोधन गर्न केन्द्र सरकार तयार रहेको बताएका छन्। प्रदेश २ को संसदमा सम्बोधन गर्दै मौका मिले प्रदेश २ ले पनि केही गरेर देखाउने भन्दै सरकार विभेदको पक्षमा नरहेको बताएका हुन्। 

पहिलो पटक प्रदेश २ को संसदमा सम्बोधन गर्दै ओलीले कलकत्ता जाने पानीजहाज प्रदेश २ बाटै हुँदै जाने भन्दै प्रदेश २ देशकै समृद्ध प्रदेश हुन सक्ने बताएका हुन्।

संसदमा सम्बोधन गर्दै ओलीले बाढीका कारण प्रदेश २ धेरै प्रभावित हुने भएकाले भारतसँग यस विषयमा छलफल गर्ने बताए। नेपाल डुबाएर अर्को देशले फाइदा लिन नहुने भन्दै ओलीले नेपाल र भारतबीच पारस्परिक लाभका आधारमा सम्झौता हुने बताए। 

नागरिकताका सम्बन्धमा तरार्इ सेन्टिमेन्टल भएको भन्दै ओलीले हरेक नेपालीले नागरिकता पाउने बताए। साथै जन्मसिद्ध बाबुआमाका सन्तानले पनि वंशजका आधारमा नागरिकता पाउने बताए। बाबु वा आमामध्ये एक नेपाली नागरिक भए उनको सन्तानले पनि नेपाली नागरिकता पाउने ओलीको तर्क थियो।  

सम्बोधनका क्रममा प्रदेश २ मा रहेका धार्मिकस्थललार्इ पर्यटकीय नगरीका रुपमा विकसित गर्न पुर्वाधारमा लगानी गर्ने उनले बताए। यसका साथै प्रदेशमा सुरक्षित बस्ती निर्माणका लागि प्रदेश र केन्द्र सरकार मिलेर काम गर्ने ओलीको भनाइ थियो। 

ओलीले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालार्इ सबैको साथ रहेको बताए। भारतीय प्रधानमन्त्री  र चीनका राष्ट्रपति पनि समृद्ध नेपाल सुखी नेपाली भन्ने नारामा साथ दिन तयार रहेको उनले सम्बोधनका क्रममा उल्लेख गरे। 

प्रदेश २ को विकाससँग प्रत्यक्ष सरोकार राख्ने निजगढ विमानस्थल, फास्ट ट्रयाक, पूर्व पश्चिम राजमार्ग लगायतका विकास निर्माणका कार्यले राम्रो गति लिइरहेको भन्दै ओलीले यसलार्इ छिट्टै सम्पन्न गर्ने बताए। यस्तै, राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा मेडिकल कलेज खोल्ने र प्रदेशमा इन्जिनियरिङ र नर्सिङ कलेज खोल्न पनि केन्द्र र प्रदेश सरकारबीच सल्लाह भइरहेको ओलीले बताएका छन्।

सुन तस्करीका सबै प्वालहरू बन्द भइसके : प्रधानमन्त्री ओली

टर्चको ब्याट्री सक्यो भने ब्याट्री फेर्नुस्, टर्च नफ्याल्नुस् : प्रधानमन्त्री ओली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell