PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतको केरलामा बाढीको कहर, ३२४ जनाको मृत्यु, लाखौं विस्थापित



भारतको केरलामा बाढीको कहर, ३२४ जनाको मृत्यु, लाखौं विस्थापित
फोटो : REUTERS

दिल्ली : भारतको केरला राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या ३२४ पुगेको छ। ३ लाख भन्दा बढी मानिसहरु बाढीका कारण विस्थापित भएको उद्दार टोलीमा खटेका अधिकारीहरुले जनाएका छन्।

केरलाका मुख्य मन्त्री पिनरार्इ विजयनले केरलाले १०० वर्षमा यस्तो विपत कहिल्यै नदेखेको प्रतिक्रिया दिएका छन्। विजयनले दुर्इ लाख २३ हजार भन्दा बढी मानिसहरु अहिले पन्ध्र सयभन्दा धेरै अस्थायी शिविरहरुमा बसिरहेको बताएका छन्। 

हजारौंको संख्यामा उद्दारकर्ताहरुले दर्जनौं डुंगा र हेलिकप्टरहरुको सहायताबाट फसिरहेकाहरुको उद्दार गरिरहेको अधिकारीहरुले बताएका छन्। अझै धेरै मानिसहरु घरका छतहरुमा फसिरहेको हुनसक्ने अनुमान गरिएको छ। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित क्षेत्रहरुको अवलोकन गर्दै बाढीका कारण भएको क्षतिका बारे जानकारी लिएका छन्। उनले प्रदेश सरकारका अधिकारीहरुसँग कुरा गर्दै केन्द्र सरकारकबाट उद्दारका लागि यथेष्ट सहयोग गर्ने बताइएका छन्।

केही हप्ता देखि लगातार परिरहेको पानीका कारण केरेलाका धेरै स्थानमा पहिरो समेत गएको अधिकारीहरुले बताएका छन्। जुन महिनामा सुरु भएको वर्षायाम कारण भारतभर हजार भन्दा बढी मानिसहरुको मृत्यु भएको जनाइएको छ।

भारतको मौसम विभागले अझै केही दिन धेरै पानी पर्न सक्ने भन्दै बाढी प्रभावित १३ जिल्लाहरुमा अवस्था चुनौतीपूर्ण हुनसक्ने चेतावनी दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell