PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

विघटन हुनबाट बच्यो नेविसंघ, महाधिवेशनका लागि तीन महिना म्याद थप



विघटन हुनबाट बच्यो नेविसंघ, महाधिवेशनका लागि तीन महिना म्याद थप

काठमाडौं: नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको महाधिवेशनका लागि ३ महिनाको म्याद थप गरेको छ। 

११ औं महाधिवेशनको म्याद आज सकिएकाले म्याद थप गरेको हो। म्याद सकिन लाग्दा पनि अध्यक्ष नैनसिंह महरको नेतृत्वले महाधिवेशनको कार्ययोजना पेश नगरेपछि पार्टीले केही दिनअघि मात्र अल्टिमेटम दिएको थियो।
 
१२ औं महाधिवेशनका लागि कार्ययोजना पेश गरेपछि पार्टीले सहजीकरण गरी तीन महिनाको समय थपेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस अघि पार्टीले भदौ २ गतेसम्म महाधिवेशनका लागि तीन महिने कार्ययोजना पेश गर्न नसके महर नेतृत्वको नेविसंघ बिघटन गरेर तदर्थ समिति गठन गर्ने तयारी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell