PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

के पेनिक एट्याकले हर्ट अट्याक गराउँछ?



पहिलोपोस्ट

के पेनिक एट्याकले हर्ट अट्याक गराउँछ?
Photo : decade3d/depositphotos

'पेनिक अट्याक' र हर्ट अट्याक (ह्दयघात) का लक्षणहरु एकै प्रकारका हुन्छन्। त्यही एकरुपताले गर्दा यिनीहरु बीचको भिन्नता छुट्याउन गाह्रो छ।

हर्ट अट्याकका कारण कसैलार्इ पनि 'पेन' हुनसक्छ। यसबाट पनि यी दुर्इबीच भिन्नता छुट्उयाउन झनै गाह्हो पर्छ। यदि कुनै व्यक्तिले आफूलार्इ 'हर्ट अट्याक' हुने सम्भावना देखे चिकित्सकलार्इ देखाइहाल्नु पर्छ। 

अमेरिकामा प्रत्येक वर्ष दुर्इदेखि तीन प्रतिशत नागरिकहरुलार्इ 'पेनिक अट्याक' हुने गर्छ। नेपाल भने यसको बारेमा कुनै अध्यन अनुसन्धान भएको देखिँदैन।

छाती धेरै दुख्नु, हातका नशाहरु दुख्नु, सास फेर्न गार्ह्रो हुनु, मुटुको धड्कन छिटो हुनु, धेरै पसिना आउनु र शरीर काम्नु पेनिक अट्याकका लक्षणहरु हुन।

यस्तै, अमेरिकामा प्रत्येक वर्ष सात लाख ३५ हजार जनालार्इ 'हर्ट अट्याक' हुनेगर्छ। छाती दुख्नु, सास लिन गाह्रो हुनु, बान्ता हुनु, पसिना आउनु, कमजोरी महसुस हुनु हर्ट अट्याकका लक्षणहरु हुन्।
दुवै अट्याकका लक्षणहरु उस्तै देखिए पनि यिनीहरु फरक हुन्। यी दुईको भिन्नता थाहा पाए पनि जीवन बचाउन सम्भावना बढी रहन्छ। 

फरक कसरी थाहा पाउने ?
यदि कुनै व्यक्तिले माथि उल्लेखित कुनै लक्षणहरु पहिला महसुस नगरेको भए उसलार्इ 'पेनिक अट्याक' र 'हर्ट अट्याक'बीच फरक थाहा पाउन गाह्रो हुन्छ। 
यी दुर्इ बीचको भिन्नता  थाहा पाउने टेक्निकहरु धेरै छन्। 

दुखाइका प्रकार

'पेनिक अट्याक' र 'हर्ट अट्याक'मा छाती दुख्नु सामान्य हो। तर, यसमा दुखाइ भने फरक किसिमले हुनेगर्छ। 
पेनिक अट्याकका क्रममा छाती धेरै तीव्र रुपले दुख्ने गर्छ। खासगरी छातीको मध्यभाग धेरै दुख्ने गर्छ। 

हर्ट अट्याकमा भने छातीमा धेरै प्रेसर (दबाब) र असहजता महसुस हुने गर्छ। 
हर्ट अट्याकको क्रममा छातीको मध्य भागमा पनि पीडा महसुस हुने गर्छ। तर पछि बिस्तारै हात, चिउडो र ढाडमा दुखार्इ सर्दै जान्छ। 

अनसेट ( शुरुवात )

अनसेटबाट पनि पेनिक र हर्ट अट्याकबीच भिन्नता थाहा पाउन सकिन्छ। कुनै सूचनाबिना नै दुवै अट्याकहरु एक्कासी देखिने भएता पनि यी दुर्इबीच केही अन्तर भने रहेको हुन्छ।

अवधी 

पेनिक र हर्ट अट्याकका लक्षण देखा पर्ने अवधीबाट पनि यी दुर्इबीच भिन्नता छुट्याउन सकिन्छ। धेरैजसो पेनिक अट्याकहरु २० देखि ३० मिनेटको अवधीमा समाप्त हुने गर्छ।  

हर्ट अट्याकका बेला भने लक्षणहरु धेरै अवधीसम्म देखा पर्छ। कुनै बेला अवस्था निकै गम्भीर हुन्छ। उदाहरणका लागि, छातीको दुखार्इ शुरुवाती समयमा मध्यम हुन्छ तर केही मिनेटपछि दुखार्इ अत्यधिक बढ्छ। 

के पेनिक अट्याकले हर्ट अट्याक हुनसक्छ?

पेनिक अट्याकले हर्ट अट्याक  हुँदैन। मुटुसम्म रगत पुर्याुउने एक वा बढी रक्त नलीहरु ब्लक भएपछि त्यसले रगतको प्रवाहलार्इ अवरुद्ध गर्छ। त्यसले हर्ट अट्याक हुने गर्छ। 

पेनिक अट्याकले हर्ट अट्याक नहुने भए पनि त्यस क्रममा हुने तनाव र चिन्ताले 'कोरोनेरी आर्टेरी डिजिज' विकास गर्न भूमिका खेल्दछ। 
पेनिक अट्याक विभिन्न परिस्थितिमा वा रुपमा हुने गर्छ। 

विभिन्न अध्ययनहरुले एनजाइटी डिस्अर्डर भएका व्यक्तीहरुमा 'लो हर्ट रेट भेरिएबिलिटी (एचभीआर )'का कारण मुटु रोग हुने प्रवल सम्भावना रहने तथ्य देखाएको छ।

अत्यधिक एचभीआरले मानिसको मुटुको धड्कन उनीले गरिरहेको कामका आधारमा दिनभर अविचलित रुपमा धडकीरहने कुराको संकेत गर्छ। यसका साथै उनीहरुको अटोनोमिक नर्वस सिस्टमले (स्नायु प्रणाली ) राम्ररी काम गरिरहेको पनि संकेत गर्छ। 

एचभीआरको गति ढिलो भए उनीहरुको मुटुको गियरहरु प्रभावकारी रुपमा सिफ्ट नगरेको कुरा बुझ्नुपर्छ। कम एचभीआरका बारे गरिएको अध्ययनले यसबाट हर्ट अट्याकको सम्भावना बढी हुने देखाएको छ। 

विभिन्न किसिमका एनजाइटी डिस्अर्डर र पेनिक डिस्अर्डर भएका व्यक्तिहरुमा गरिएको अध्ययनको नतिजाले एनजाइटी डिस्अर्डर नभएका सहभागीहरु मध्य अरुमा कम एचभीआर हुने निष्कर्ष निकालेको छ। 

यदि कसैलार्इ पेनिक अट्याक वा डिस्अर्डर भएमा त्यसले हर्ट अट्याक हुँदैन भनेर बुझ्न जरुरी छ। तर, पेनिक डिस्अर्डरले हर्ट अट्याकको सम्भावना बढाउँछ भन्ने पुष्टि हुन थप अनुसन्धान हुनुपर्छ।
 
पेनिक अट्याक र हर्ट अट्याकका लक्षण एकै प्रकारको भएकाले यदि कसैलार्इ शंका लागेमा तुरून्तै चिकित्सक कहाँ जानुपर्छ।

**** 
अचानक बेस्सरी छाती दुख्नु,  छातीमा प्रेसर (दबाब ) महसुस हुनु,छातीको दुखार्इ हात र चिउडोमा सर्दै जानु जस्ता लक्षण देखापरेमा तुरुन्तै आपतकालीन चिकित्सा सेवा लिनुपर्छ।

विमन्स हर्ट फाउन्डेसनका अनुसार चिकित्सकहरु हर्ट अट्याकलार्इ पेनिक अट्याक भनी झुक्किन्छन्। इलेक्ट्रोकार्डियोग्राम र रगत परीक्षण जस्ता स्वास्थ्य जाँचबाट मात्रै चिकित्सकहरुले सही उपचार गर्न सक्छन्।
  
हर्ट अट्याकका लागि प्रभावकारी उपचार गराएमात्र हर्ट अट्याकबाट पीडित व्यक्तिको आउटलुक र रिकभरीमा सुधार आउन सक्छ। त्यस्ता लक्षणहरुले 'हर्ट अट्याक' नभए त्यस्ता व्यक्तिहरुले 'पेनिक अट्याक'का लागि उपचार गराउन सक्छन्। 

आउटलुक

पेनिक अट्याक वा हर्ट अट्याक महसुस गरेको आधारमा कुनै व्यक्तिमा आउटलुक फरक हुनसक्छ। पेनिक अट्याकले असहज महसुस गराए पनि त्यसबाट जीवन खतरा हुँदैन। पेनिक अट्याकले मानिसको जीवनशैलीमा नकरात्मक असर पर्न सक्छ। त्यसैले समयमा नै त्यसको उपचार गराउनु पर्दछ। 

चिकित्सकले जीवनशैली परिवर्तन, योग, ध्यान र परामर्श जस्ता तरिकाले एनजाइटी र पेनिक डिस्अर्डरको उपचार गर्न सहयोग गर्छन्। 
कुनैबेला हर्ट अट्याक धेरै खतरनाक हुने गर्दछ। शीघ्र उपचार गराएमा हर्ट अट्याकबाट धेरै मानिसहरु बच्न सक्छन्। हर्ट अट्याक भइसके पछि पनि ती व्यक्तीहरुले मुटु रोगबाट बच्न विभिन्न कदम चाल्नु आवश्यक हुन्छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell