PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विश्वमा आज: कोफी अन्नानको निधनदेखि इमरान खानको शपथसम्म



विश्वमा आज: कोफी अन्नानको निधनदेखि इमरान खानको शपथसम्म

कोफी अन्नानको निधन


संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेर शनिवार स्वीटजरल्यान्डमा निधन भएको छ। संयुक्त राष्ट्र संघका सफल महासचिवको रुपमा रहेका अन्नानले १९९७ देखि २००६ सम्म दुर्इ कार्यकाल संयुक्त राष्ट्र संघका महासचिवका रुपमा काम गरेका थिए। अन्नान संयुक्त राष्ट्र संघको महासचिव बन्ने पहिलो अश्वेत अफ्रिकी नागरिक थिए।

इमरान खानको सपथ


पाकिस्तानलार्इ क्रिकेटमा विश्व जिताउन सफल इमरान खान पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।  पाकिस्तान तेहरिक ए इनसाफ पार्टीका अध्यक्ष रहेका खानले आज पाकिस्तानको २२ औँ प्रधानमन्त्रीका शपथ लिएका छन् ।

भारतको केरलामा बाढी


भारतको केरला राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या ३२४ पुगेको छ। यस्तै ३ लाख भन्दा बढी मानिसहरु बाढीका कारण विस्थापित भएको उद्दार टोलीमा खटेका अधिकारीहरुले जनाएका छन्।

इटलीमा शोक 


अगस्ट १४ का दिन इटलीको जेनोवा शहरमा पुल भत्किँदा मृत्यु भएकाहरुको आज राजकीय सम्मान सहित अन्तिम संस्कार गरिएको छ। पुल भत्किँदा ३८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। 

यात्रुको विगोज



चीनको सियामेन एयरको एक विमान फिलिप्पिन्सको निनोय अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट बाहिरिँदा उक्त विमानस्थल बन्द हुन पुग्यो। यात्रुहरुले २४ घण्टा भन्दा बढी समय विमानस्थलमै बिताएका थिए। धेरै यात्रुहरु विमानस्थलको लब्बीमै निदाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell