PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एसियन गेम्स : नेपालले भोली फुटबल, ब्याड्मिन्टन, तेक्वान्दो र फेन्सिङमा प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

एसियन गेम्स : नेपालले भोली फुटबल, ब्याड्मिन्टन, तेक्वान्दो र फेन्सिङमा प्रतिस्पर्धा गर्ने

काठमाडौँ : १८औँ एसियाड अन्तर्गत नेपालले आइतवार ४ खेलमा प्रतिस्पर्धा गर्दैछ। दुई खेलमा नेपालको प्रतिद्वन्दी पाकिस्तान छ।

नेपालले पुरुष फुटबल, ब्याड्मिन्टन टिम इभेन्ट र फेन्सिङतर्फ पहिलो दिन प्रतिस्पर्धा गर्नेछ।

शनिवार १८औँ एसियाडको भव्य उद्घाटन भएको थियो। उद्घाटनअघि नै सुरु भएको पुरुष फुटबलतर्फ नेपालले समूह चरणको अन्तिम खेल पाकिस्तानसँग खेल्नेछ। समूह डी मा नेपाल जापान र भियतनामसँग पराजित भइसकेको छ। पाकिस्तानले पनि दुवै खेल हारिसकेको छ।

शीर्ष दुईमा रहेर डाइरेक्ट अन्तिम १६ मा छनोट हुन नसकेपनि नेपाल र पाकिस्तानको लागी उत्कृष्ट तेस्रो मध्ये ४ टिम भित्र पर्दै अघिल्लो चरण पुग्ने झिनो अवसर बाँकी नै छ।

नेपालसामु पाकिस्तान विरुद्ध गोल गर्दै एसियन गेम्सको फुटबलमा ३२ वर्षपछि गोल गर्ने मौका समेत छ। सन् १९८६ मा वाइबी घलेले कुवेत विरुद्ध गोल गरेयता नेपालले एसियन गेम्समा गोल गर्न सकेको छैन।

यस्तै ब्याड्मिन्टनतर्फ नेपालको पुरुष र महिला दुवैले टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ।

दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ रहेको नेपालको पुरुष टिमले पाकिस्तानसँग खेल्नेछ। यस्तै नङ्सल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी सम्मिलित नेपाली महिला टिमले माल्दिभ्ससँग खेल्नेछ।

फेन्सिङतर्फ महिलाको प्रिलिमिनरी राउण्ड अन्तर्गत साब्रे इन्डिभिजुएल इभेन्ट पुल सी मा नेपालकी कमला श्रेष्ठले जापानी खेलाडी नोरिका तामुरा, मंगोलियाकी अरुन्जया युन्देन्दोर्ज, हङकङकी यिङ अउ सिन, चीनकी जियारुसी कियान र भियतनामकी थु हा बुई थीसँग प्रतिष्पर्धा गर्नेछिन्।

रबिना थापाले पुल डी अन्तर्गत इन्डोनेसियाकी दिया पेरमातासारी, जापानकी शिहोमी फुकुसिमा, दक्षिण कोरियाकी जिसु युन, कम्बोडियाकी लिन्ली छाय र इरानकी फाजेह राफिइ डेल्चेहसँग प्रतिस्पर्धा गर्नेछिन्।

यसैगरी तेक्वान्दोको पुम्सेतर्फ नेपालको कमल श्रेष्ठले पुरुष व्यक्तिगतको अन्तिम १६ मा चाइनिज ताइपेईका चेङ चिङसँग प्रतिस्पर्धा गर्नेछन्।

यस्तै महिला पुम्सेमा नेपालकी पार्वती गुरुङले लिएओ वेइनसुएनसँग प्रतिस्पर्धा गर्नेछिन्।

पुम्सेको महिला टिमतर्फ नेपालले यज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell