PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ला लिगा : मेसीको दुई गोलमा बार्सिलोनाको सहज जित



पहिलोपोस्ट

ला लिगा : मेसीको दुई गोलमा बार्सिलोनाको सहज जित
फोटो : fcbarcelona

लियोनल मेसीले स्पानिस ला लिगामा कप्तानको रुपमा नयाँ सिजन सुरु गर्दा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले अलाभेजलाई ३-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको हो।

घरेलु मैदानमा भएको खेलमा मेसीले ६४औँ र ९०औँ मिनेटमा गोल गरे भने फिलिप काउटिन्होले ८३औँ मिनेटमा गोल गरे।

ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले भियारियललाई २-१ ले हराउँदा सेल्टाभिगो र स्पानयोलले १-१ को बराबरी खेले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell