PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सिरी ए : रोनाल्डोको डेब्यु खेलमा युभेन्ट्स विजयी



पहिलोपोस्ट

सिरी ए : रोनाल्डोको डेब्यु खेलमा युभेन्ट्स विजयी

क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए मा डेब्यु गरेको खेलमा युभेन्ट्सले भिएभो भेरोनालाई पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।

दुई पटक पछि परेको स्थिति उल्टाउँदै युभेन्ट्सले चिएभो भेरोनालाई ३-२ ले पराजित गरेको हो। सिरी ए डेब्युमा रोनाल्डोले गोल गर्न भने सकेनन्।

फेडेरिको बर्नाडेसीले इन्जुरी टाइमको तेस्रो मिनेट निर्णायक गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाए।

त्यसअघि सामी खडेरीलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएपनि मारिउस सटेपिन्स्की र एमानुएले गिएचेरिलीले गोल गर्दै भिएभोलाई २-१ को अग्रता दिलाए। तर भिएभोकै माटिअ बानीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले खेल बराबरी गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell