बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसले भारतीय रिती अनुसार शनिबार रोका गरेका छन्। केही समयअघि लण्डनमा साथिहरुबीच इन्गेजमेन्ट गरेका दुईले पारिवार र आफन्तहरुको उपस्थितिमा रोका गरेका हुन्।
उनीहरुले धेरै समय आफ्नो प्रेम सम्बन्ध मिडियाबाट लुकाएका थिए। तर अब भने दुईले आफ्नो प्रेम सम्बन्धलाई स्विकारेका छन्। रोका समारोहमाहलिउड गायक निक सेतो कुर्तामा सजिएका थिए भने प्रियंका पहेंलो कुर्तामा। पन्जाबी रितिमा रोका सम्पन्न भएको भारतीय मिडियामा उल्लेख छ। निक शुक्रबारनै मुम्बई पुगेका थिए।
निक र प्रियंकाको प्रेम भने मेट गालाको भेटबाट सुरु भएको हो। रोकापछि पार्टी पनि आयोजना गरिएको थियो। पार्टीमा अभिनेत्री परिनिती चोपडा, अर्पिता खान, सिद्धार्थ रोय कपूर लगायत अन्य उपस्थित थिए।