PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रिय क्रिकेट टिमका शरद र बसन्त एनबी बैंकको ब्राण्ड एम्बासडर नियुक्त



पहिलोपोस्ट

राष्ट्रिय क्रिकेट टिमका शरद र बसन्त एनबी बैंकको ब्राण्ड एम्बासडर नियुक्त

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई सदस्य शरद भेषावकर र बसन्त रेग्मी नेपाल बंगलादेश (एनबी) बैंकको ब्राण्ड एम्बासडर नियुक्त भएका छन्।

बैंकले आइतवार कमलादीस्थति कार्यलयमा दुई खेलाडीसँग सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकका सिइओ ज्ञानेन्द्र प्रसानद ढुंगाना र क्रिकेट खेलाडीद्वय शरद र बसन्तले हस्ताक्षर गरे।

एभरेष्ट प्रिमियर लिगको आयोजक इपीएलको इनिसिएटिभमा उक्त सम्झौता भएको हो।

बैंकका सिइओ ढुंगानाले आगामी दुई वर्षका लागि दुई लेजेण्ड खेलाडीसँग सम्झौता गरेको र यो सुरुवात भएको बताए।

'अहिले क्रिकेटमा चार्म बढ्दैछ। हामीले नगर कसले गर्छ। राज्यसँग पनि ठूलो स्रोत छैन। त्यसैले कर्पोरेट सेक्टरले पनि खेलाडीलाई सहयोग गर्नुपर्छ भनेर यो काम गरेका हौँ।'

'नेपालले केही समयअघि मात्र ओडिआई मान्यता पाएर नेदरल्याण्ड्ससँग खेलिसकेको अवस्थामा उनीहरुलाई एम्बासडर बनाउने यो नै सही समय लाग्यो।'

नेपालको लागि एक दशक भन्दा बढी समय खेलिसकेका खेलाडी नै लिनुको कारणबारे ढुंगानाले भने, 'भोलीको दिनमा पनि नेपाली खेलाडीलाई सहयोग गर्नका लागि हामीले लेजेण्ड प्लेअर लिएका हौँ। हामी उहाँहरुलाई लिए देशका विभिन्न स्कुल कलेजमा जान्छौँ। उहाँहरुलाई देखर नयाँ खेलाडीलाई पिन क्रिकेटमा लाग्न प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना हो।'

'क्रिसकेटलाई कसरी अगाडी बढाउने युवाहरुलाई कसरी प्रमोट गर्ने भन्ने कार्यक्रमसहित हामी उहाँहरुलाई लिएर देश भ्रमण गर्नेछौँ।'

यस्तै एम्बासडर नियुक्त भएपछि शरद र बसन्तले एनबी बैंकलाई धन्यवाद दिँदै यसले आफूहरुलाई सहयोग पुग्ने बताए।

दुई वर्षका लागि दुवै खेलाडीले अन्य बैंकसँग सहकार्य गर्न पाउने छैनन्। पछिल्लो समय बैंकले क्रिकेट खेलाडीहरुलाई ब्राण्ड एम्बासडर बनाउने माहोल नै बढेको छ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सेन्चुरी बैंक तथा उपकप्तान सिटिजन्स बैंकको ब्राण्ड एम्बासडर नियुक्त भइसकेका छन्। यस्तै सन्दीप लामिछाने सानिमा बैक तथा दीपेन्द्र सिंह ऐरी ग्लोबल आइएमई बैंकसँग अनुबन्ध भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell