PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

झापाका उमेशले जिते मिस्टर माउन्टेनको उपाधी



पहिलोपोस्ट

झापाका उमेशले जिते मिस्टर माउन्टेनको उपाधी

काठमाडौं : झापाका उमेश लामाले दोस्रो मिस्टर माउन्टेन शारिरिक सुगठन प्रतियोगिताको.उपाधि जितेका छन्।

राखेप कभर्डहलमा शनिवार रती सम्पन्न प्रतियोगितामा ७५ केजी माथीको तौल समूहको च्याम्पियन बनेका उमेशले ओभरहलमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन्।

नेपलीज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा सञ्चालित प्रतियोगिताको फाइनलमा उमेशले ५५ केजी तौल समूहका बिजेता आभाष प्याकुरेल, ६० केजीका बिजेता गौरव कुमार श्रेष्ठ, ६५ केजी समूहका बिजेता अशिष देवा, ७० केजीमा सन्दीप श्रेष्ठ र ७५ केजीका बिजेता मरिचमान लामालाई पछि पादै मिस्टर माउनटेनको ताज पहिरिएका हुन्।

उमेशले उपाधिसँगै तीनलाख प्राप्त गरे। प्रतियोगितामा देशभरका एकसय ५० खेलाडीले भाग लिएका थिए। विजेतालाई गृहमन्त्री रामबहादुर थापाले पुरस्कार प्रदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell