PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरकारले प्रेसको शिरमा तरबार झुन्ड्यायो, राष्ट्रव्यापी कर आतंक मच्चाइयो : कांग्रेस



सरकारले प्रेसको शिरमा तरबार झुन्ड्यायो, राष्ट्रव्यापी कर आतंक मच्चाइयो : कांग्रेस

काठमाडौं: भदौ १ बाट लागु मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितामार्फत सरकारले प्रेसको शिरमा तरवार झुण्ड्याएको र राष्ट्रव्यापी रुपमा कर आतंक मच्चाएको कांग्रेसले आरोप लगाएको छ। आज सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले उक्त आरोप लगाएका हुन्।

'बजार मूल्यमा चर्को बृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली बृद्धि गरिएको करले झनै ढाड सेक्ने अवस्था बनेको छ,' प्रवक्ता शर्माले भने, 'जिम्मेवार नागरिकले कर तिर्नुपर्छ भन्ने सैद्धान्तिक कुरा गरिरहँदा त्यो कर न्यायोचित हुनुपर्छ भन्ने ब्यवहारिक पक्ष बिर्सना हुँदैन।'

नेपाली कांग्रेस अहिले लागु भएका करबारेमा तत्कालै उचित समाधानको पहल गर्न संघीय सरकारलाई सचेतसमेत गराएको छ।

करबारे थप छलफल गर्न कांग्रेसले नगर प्रमुखहरुको भेलासमेत डाकेको जनाएको छ। भेला भदौ ११ हुने सम्मेलनमा जानकारी गराइयो।

त्यसैगरी सरकारले प्रेस स्वतन्त्रतामासमेत लगाम लगाउन खोजिएको कांग्रेसको आरोप थियो। पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, 'प्रेसको शिरमा तरबार झुन्ड्याउने काम नहोस। फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र संगठित स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानहरुमा संशोधन र सुधारको आवश्यकता हामीले ठहर गरेका छौं।'

सम्मेलनमा कांग्रेसले सरकारको ६ महिने अवधिको मुल्यांकन गर्दै यस अवधिमा चुकेका ७ मुद्दासमेत प्रस्तुत गरेको थियो। 

यी हुन् कांग्रेसको नजरमा ६ महिनामा सरकार चुकेका ७ विषय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell