PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फुटबल टिमका प्रशिक्षक कोजी नेपाल नफर्कने, साफ च्याम्पियनसिपमा जाने - नजानेबारे सोमबार टुङ्गो लाग्ने

फुटबल टिमका प्रशिक्षक कोजी नेपाल नफर्कने, साफ च्याम्पियनसिपमा जाने - नजानेबारे सोमबार टुङ्गो लाग्ने

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योतुको कोजी तत्कालका लागि नेपाल नफर्कने भएका छन्। १८औँ एसियन गेम्सका लागि हाल इन्डोनेसियामा रहेका कोजी नेपाली टोलीसँग नफर्कने एन्फाका प्रवक्ता किरण राईले पहिलोपोष्टलाई बताए।

एसियन गेम्समा जानुअघि नै कोजी नेपाल बसाई अवधी सकिएको र श्रम स्वीकृति नलिई ओभरस्टे देखिएका कारण अध्यागमन विभागले कोजीलाई नेपाल बस्न रोक लगाएको थियो। यद्यपी उनी नेपाली यू-२३ टिमसँगै इन्डोनेसिया गएका थिए।

'अहिले कोजी नेपाल आउँदैनन्। साफ च्याम्पियनसिपमा आउने/नआउनेबारे सोमवार छलफल हुनेछ र त्यहीबाट यो इस्यु टुङ्गिन्छ होला।' राईले भने।

एसियन गेम्समा समूह डी मा रहेको नेपालले ३ वटै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा जापानसँग १-० ले हारेको नेपाल दोस्रो खेलमा भियतनामसँग २-० तथा तेस्रो खेलमा पाकिस्तानसँग २-१ ले पराजित हुँदै समूह चरणबाट बाहिरिएको हो।

जापानी मुलका प्रशिक्षक कोजी सन् २०१६ मार्चमा नेपाल आएका थिए। उनको प्रशिक्षणमा नेपालले एएफसी सोलिडारी कप जितेको थियो। तर एसिया कप क्वालिफायरमा भने नेपालले सन्तोषजनक प्रदर्शन गर्न सकेन।

कोजी उतैबाट साफ च्याम्पियनसिपका लागि बंगलादेशमा नेपाली टोलीसँग जोइन हुने सम्भावना समेत रहेको छ।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell