PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कता हराए राहुल बिश्वास ?



पहिलोपोस्ट

कता हराए राहुल बिश्वास ?

काठमाडौँः नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट १२ बाट बाहिरिएका गायक हुन् राहुल बिश्वास। नेपाल आइडलबाट बाहिरिएसँगै उनी गीत रेकर्डिङ गर्न व्यस्त भएका छन्। उनले पार्श्व गायनमा पनि आफूलाई अगाडी बढाएका छन्।

उनको आवाजमा हालै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। 'जुनी-जुनीलाई' बोलको गीतमा बिश्वाससँगै गायिका सन्ध्या जोशीको पनि स्वर रहेको छ।

विष्णुबाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत रहेको गीतको भिडियोलाई अमित पराजुलीले अस्ट्रेलियामा छायाँकन तथा निर्देशन गरेका हुन्। भिडियोमा प्रत्यूष अधिकारी र युबिना ढुंगाना फिचर्ड छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell