PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ने क पाको प्रदेश ३ मा भागबण्डा, गण्डकीमा जिल्ला नेतृत्वमा विवाद



विधुर ढकाल

ने क पाको प्रदेश ३ मा भागबण्डा, गण्डकीमा जिल्ला नेतृत्वमा विवाद

काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रदेश ३ का जिल्लाहरुको नेतृत्वमा भागबण्डा टुंग्याएको छ। प्रदेश कमिटी र जिल्ला कमिटीहरुको एकताका लागि गठित कार्यदलले भागबण्डा टुंग्याएर प्रतिवेदन केन्द्रीय सचिवालयलाई बुझाएको छ। 

आइतबार कार्यदलले प्रतिवेदन महासचिव विष्णु पौडेललाई हस्तान्तरण गरेको हो। 

अब ने क पाको प्रदेश ३ मा २१७ सदस्यीय प्रदेश कमिटी गठन हुने छ। जसमा १०१ जना पूर्व माओवादी केन्द्र र ११६ जना पूर्व एमालेबाट रहने छन्। 

त्यस्तै कार्यदलले जिल्ला नेतृत्वमा समेत भागबण्डा लगाएका छ। प्रदेशमा १३ भुगोल र चार विशेष जिल्ला कमिटी गरी १७ जिल्ला कमिटी रहने छन्।  भुगोल अन्तर्गतका १३ जिल्ला मध्ये ८ जिल्लामा पूर्व नेकपा एमाले र पाँच जिल्ला पूर्व माओवादी केन्द्रको भागमा परेको कार्यदलकी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

पूर्व एमालेको भागमा परेका जिल्ला


काठमाडौँ 
ललितपुर
सिन्धुपाल्चोक 
रसुवा 
दोलखा
धादिङ 
मकवानपुर
भक्तपुर 

पूर्व माओवादी केन्द्रको भागमा परेका जिल्लाहरु


चितवन 
काभ्रे 
सिन्धुली 
रामेछाप 
नुवाकोट

त्यस्तै कार्यदलले केन्द्रीय सल्लाहकारहरुको नामसमेत टुंगो लगाएको छ। विशेष जिल्ला कमिटीको नेतृत्वको विषयमा भने टुंगो लागेको छैन। 

कार्यदलले सचिवालयलाई बुझाएको प्रतिवेदनमा जिल्ला अध्यक्ष र सचिवका आकांक्षीहरुको नामसमेत सिफारिस गरेको छ। यसलाई अन्तिम टुंगो सचिवालयले लगाउने छ। 

गण्डकी प्रदेशमा जिल्ला नेतृत्वमा विवाद


यता गण्डकी प्रदेशमा भने जिल्ला नेतृत्वको विषयमा विवाद देखिएको छ। जिल्लामा आकांक्षीहरु धेरै भएको र पूर्व एमाले र पूर्व माओवादी केन्द्रले प्रत्येक जिल्लामा आफ्नो दाबी गरेपछि कार्यदलले जिल्ला नेतृत्वमा भागबण्डा लगाउन सकेन। 

यही विवादकाबीच कार्यदलले आफ्नो प्रतिवेदन महासचिव पौडेललाई बुझाएको छ। 

प्रतिवेदनमा प्रदेश कमिटी, जिल्ला कमिटी र केन्द्रीय सल्लाहकारमा रहनेहरुको नामावली समावेश गरिएको छ। यद्यपी प्रदेश र जिल्ला कमिटीहरुका अध्यक्ष र सचिवको नाम भने भने तोकिएको छैन्। कार्यदलका सदस्य हितराज पाण्डेका अनुसार आकांक्षीहरुको नामसहित सिफारिस गरेको जानकारी दिए। 

केन्द्रले नै यसलाई छलफलबाट टुंग्याउने उनले बताए। 

कार्यदलले बुझाएको प्रतिवेदनमा १८७ सदस्यीय प्रदेश कमिटी गठन गर्न सिफारिस गरिएको छ। जसअन्तर्गत प्रदेश कमिटीमा १०२ जना पूर्व एमाले र ८५ जना पूर्व माआवादी केन्द्रबाट प्रतिनिधित्व रहने पाण्डेल जानकारी दिए। गण्डक प्रदेशमा ११ वटा जिल्ला रहेका छन्। 

सांस्कृतिक संगठनहरुको नेतृत्व टुंगियो


यसैबीच ने क पा निकट सांस्कृति कर्मीहरुका संगठनहरुको नेतृत्व टुंगो लागेको छ। नेकपाको भातृ संगठन जनसांस्कृतिक महासंघ अन्तर्गतका विभिन्न सांस्कृतिक संगठनहरुको टुंगो लागेको हो। 

यद्यपी महासंघको नेतृत्व भने टुंगिएको छैन्। यसलाई केन्द्रीय सचिवालयले टुंगो लगाउने सहमति भएको महासंघको एकताका लागि गठित कार्यदलका सदस्य सरल सहयात्रीले जानकारी दिए। 

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांस्कृतिकर्मीहरुको संगठन एउटै थियो, अखिल नेपाल जनसांस्कृतिक महासंघ। 

कार्यदलले महासंघ अन्तर्गतको जनसांस्कृतिकर्मी संघको अध्यक्षमा कर्णबहादुर परियारलाई सिफारिस गरेको छ। त्यस्तै लेखक संघको अध्यक्षमा राम विनय, चलचित्रकर्मी संघको नेतृत्व दिनेश डिसीले गर्ने सहमति जुटाएको छ। त्यस्तै ललितकला परिषदको अध्यक्षमा देवेन्द्र थुम्केलीको नाम सर्वसम्मत भएको छ। 

कार्यदलले लोकबाजा तथा बहुभाषा परिषद्मा डा मधुसूदन गिरी, समाज अध्ययन परिषदमा डा भिक्टर प्रधान र जननाट्यकर्मी संघमा पुष्प आचार्यको नाममा सर्वसम्मती जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell