PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसियाड : नेपाली तेक्वान्दो खेलाडी निमा र संगिता पहिलो चरणबाटै आउट, सागर अन्तिम १६ मा



पहिलोपोस्ट

एसियाड : नेपाली तेक्वान्दो खेलाडी निमा र संगिता पहिलो चरणबाटै आउट, सागर अन्तिम १६ मा

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत सोमवार नेपालकाम दुई तेक्वान्दो खेलाडी पहिलो चरणबाटै आउट भएका छन्।

महिला ६३ केजी मुनी तौल समूहमा निमा गुरुङ लाइतितिअ अवनसँग २३-१० ले पारजित भइन् भने ६७ केजी मुनी संगिता बस्यल नेपाली फिलिपिन्सका दार्लेने अर्पोनसँग २०-१७ ले पारजित भइन्।

दुवै खेलाडी बाई पाएर राउण्ड अफ १६ मा पुगेपनि त्यहाँ अगाडी बढ्न सकेनन्।

तेक्वान्दोकै पुरुष ५८ केजीमुनी नेपालका सागर गुभाजु भुटानका तेन्जिन दोर्जीलाई ५४-४० ले पारजित गर्दै राउण्ड अफ १६ मा पुगेका छन्।
उनले अब भियतनामका हङ भो क्वोकसँग प्रतिस्पर्धा गर्नेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell