PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वीपी कोइरालादेखि अनियमितताको छानबिन भइरहेका कुलप्रसाद कोइरालासम्मलाई भदौ १९ मा विभुषित गरिँदै

वीपी कोइरालादेखि अनियमितताको छानबिन भइरहेका कुलप्रसाद कोइरालासम्मलाई भदौ १९ मा विभुषित गरिँदै


काठमाडौँ : नेपाल सरकारले २०७४ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा घोषणा गरेका विभिन्न मानपदवीबाट भदौ १९ गते विभुषित गरिने भएको छ। 

विभिन्न १० वटा पदवीबाट ३४५ जना विभूषित हुन लागेको गृह मन्त्रालयद्वारा सार्वजनिक सूचीमा देखिएको छ। 

विभूषित हुनेमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई मरणोपरान्त नेपाल रत्नदेखि सरकारले अनियमितताको आरोपमा छानबिन गरिरहेको संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला (सुकीर्तिमय राष्ट्रदिप) सम्म छन्। 

प्रमाणपत्र विवादमा परेर राजीनामा दिन बाध्य भएका तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पनि प्रसिद्ध प्रवल जनसेवाश्रीबाट विभुषित हुँदैछन्। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको निधन भइसके पनि समाजसेवीका रुपमा सुप्रवल जनसेवाश्रीबाट विभुषित गरिँदैछ। पत्रकार पुरुषोत्तम दाहाल, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्लेषक झलक सुवेदी, बैँकर ज्योतिप्रकाश पाण्डे, क्रिकेट कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा, साहित्यकार शार्दुल भट्टराई, कलाकार जितु नेपाल, उद्योगी व्यवसायी राजेन्द्र खेतान पनि विभुषित हुँदैछन्। 

गृह मन्त्रालयले विभुषित हुनेहरुले भदौ १७ गतेसम्म गृह मन्त्रालयबाट प्रवेशपत्र लिन सूचना जारी गरेको छ। 


 


ट्रेन्डिङ पोस्ट

Ncell