PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसियाड : डाउनहिल साइक्लिङमा नेपालका राजेश मगर सातौँ



पहिलोपोस्ट

एसियाड : डाउनहिल साइक्लिङमा नेपालका राजेश मगर सातौँ

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत डाउनहिल साइक्लिङ (माउन्टेन बाइक) मा नेपालका राजेश मगर सातौँ भएका छन्।

खे बुन हिल सुबाङमा सोमबार भएको प्रतिस्पर्धामा ८ खेलाडीमध्ये सातौँ भएका राजेशले २ घण्टा २९ मिनेटमा निर्धारित दूरी पुरा गरे। यस स्पर्धामा आयोजक इन्डोनेसियाका खोइफुल मुखिबले स्वर्ण जिते। उनले २ घण्टा १६.६८७ मिनेटमा दूरी पुरा गरे।

चाइनिज ताइपेईमा शेनसाङ चियाङले रजत तथा थाइल्याण्डका स्एसाकुन सुक्चान्याले कास्य पदक जिते। 

नेपालका बुद्धि बहादुर तामाङले पुरुष क्रस कन्ट्री र लक्ष्मी मगरले महिला क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्न बाँकी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell