PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

युइएफए प्लेअर अफ दि इअर अवार्डको मनोनयनमा मोडरिच, रोनाल्डो र सलाह, परेनन् मेसी



युइएफए प्लेअर अफ दि इअर अवार्डको मनोनयनमा मोडरिच, रोनाल्डो र सलाह, परेनन् मेसी
फोटो : https://www.uefa.com

युइएफए प्लेअर अफ दी इअर अवार्डको अन्तिम सूचीमा लुका मोडरिच, क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाह परेका छन्।

८० प्रशिक्षक र ५५ पत्रकारको प्यानलले रियल मड्रिडका मिडफिल्डर मोडरिच, यसै सिजन युभेन्ट्स पुगेका मड्रिडका पूर्व स्टार रोनाल्डो र लिभरपुलका सलाहलाई अन्तिम ३ प्रतिस्पर्धीमा छानेको हो।

बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेसी भने अन्तिम तीनको सूचीमा पर्न सकेनन्।

यही अगष्ट ३० तारिखमा मोनाकोमा हुने च्याम्पियन्स लिग ड्र को अवसरमा एक उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिनेछ।

यस्तै महिलातर्फ डेनमार्ककी पर्निल हार्डर, नर्वेकी अदा हेगरवर्ग र फ्रान्सका हेनरी अन्तिम सूचीमा परेका छन्।

गत सिजन रोनाल्डो र बार्सिलोनाका डच खेलाडी लिके मार्टेन्सले यो अवार्ड जितेका थिए।

पुरुषतर्फ शीर्ष १० मा परेका अन्य खेलाडीहरुमा एन्टोनी ग्रीजमन, लियोनल मेसी, केलिएन एमबाप्पे, केभिन डे ब्रुएना, राफेल भरान, एडेन हाजार्ड र सर्गियो रामोस छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell