PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ला लिगा : एट्लेटिको र भ्यालेन्सियाले खेले बराबरी, विल्वाओ विजयी



पहिलोपोस्ट

ला लिगा : एट्लेटिको र भ्यालेन्सियाले खेले बराबरी, विल्वाओ विजयी
फोटो : https://www.laliga.es/en

एट्लेटिको मड्रिड र भ्यालेन्सियाले बराबरी खेल्दै नयाँ सिजनको स्पानिस ला लिगा सुरु गरेका छन्। गएराती भएको खेलमा यी दुई क्लबले १-१ को बराबरी खेल्दै १/१ अंक बाँडे।

अवे मैदानमा एन्जल कोरेअले २६औँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई पहिले अग्रता दिलाएका थिए। ५६औँ मिनेटमा रोड्रिगोल  भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए।

ला लिगाकै अर्को खेलमा एथ्लेटिको विल्वाओले लेगानेसलाई २-१ ले हराउँदै ३ अंक जोडेको छ। विल्वाओका लागि पेरु नोलास्कोएन र इकर मुनिएनले गोल गरे। लेगानेसका लागि जोनाथान क्रिस्६यन शिल्भाले गोल गरे।

ला लिगामा पहिलो चरणको खेल समाप्तीपछि ७ टोलीले स्पष्ट जित हात पारेका छन्। गोलभिन्नताका आधारमा सेभिया अंकतालिकामा पहिलो तथा साविक विजेता बार्सिलोना दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell