PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ह्याप्पी वर्थ डे रेखा, भन्छिन् : उमेर भन्न लाज लाग्छ



पहिलोपोस्ट

ह्याप्पी वर्थ डे रेखा, भन्छिन् : उमेर भन्न लाज लाग्छ

काठमाडौं : अभिनेत्री रेखा थापाको आज जन्मदिन। फिल्म क्षेत्रमा दुई दशकदेखि सक्रिय रेखाले अघिल्लो वर्ष २२ पुगेको केक काटेकी थिइन्। उनको जन्मदिन सँधै विवादमा पर्ने गर्छ।

उनले यसपालि पनि आफ्नो उमेरबारे मुख खोलेकी छैनन्। बुवा प्रेम कुमार थापा र सरस्वती थापाको कोखबाट मोरङको सलकपुरमा उनको जन्म भएको थियो। मतदाता परिचय पत्र अनुसार उनी ३७ वर्ष पुगेकी छिन्। २०३८ भदौ ५ गते उनको जन्म भएको थियो।

उमेर बढेसँगै रेखाले आफ्नो उमेर लुकाउन थालेकी छिन्। पहिलोपोस्टसँग कुरा गर्दै भनिन् 'उमेर बताउन मलाई लाज लाग्छ।'

आज सामाजिक सञ्जालमा रेखालाई जन्मदिनको सुभकामना दिनेको ओइरो देख्न सकिन्छ। रेखा सन् १९९७ मा मिस कोशी बनेकी थिइन्। बुवाको ३०० रुपैयाँ चोरेर मिस कोशीको फारम भरेको कुरा आज पनि आमा सरस्वती दंग परेर सुनाउँछिन्। सरस्वती भन्छिन्, 'मिस कोशी भएपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन। रेखा थापा बनिन् मेरी छोरी।'  

फिल्म 'हिरो'बाट उनले फिल्म क्षेत्रमा डेब्यू गरेकी थिइन्। उनले कयौं हिट फिल्म गरेकी छिन्। ‘दुर्गा, ‘हिम्मत, ‘हिफाजत, ‘बाटुली’ ‘लंका’,‘काली, ‘धड्कन, ‘शिलशिला, ‘किस्मत, ‘अन्दाज, ‘बाटो मुनिको फूल, ‘कसले चोर्‍यो मेरो मन’ र ‘रावण’ रेखा अभिनित फिल्महरु हुन्। पछिल्लो समय उनले आर्यन सिग्देलसँग 'रुद्रप्रिया' गरेकी थिइन्।

पछिल्लो समय उनको राजनीतितर्फ पनि चासो बढेको थियो।

यो वर्ष भने उनको निर्देशनमा बनेको फिल्म 'मालिका' प्रदर्शनको तयारीमा छ। फिल्मको हालै नयाँ गीत पनि सार्वजनिक भएको छ। रेखा फिल्मसको व्यानरमा निर्माण भएको  फिल्मको ‘सर सर हावा बहन्छ’ बोलको गीतमा आस्था राउतको स्वर रहेको छ।

फिल्म कार्तिक २१ गते लक्ष्मीपूजाको दिन प्रदर्शनमा आउने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell