PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निर्मला हत्या प्रकरण : कञ्चनपुर तनावग्रस्त



निर्मला हत्या प्रकरण : कञ्चनपुर तनावग्रस्त

काठमाडौं: तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासी र प्रहरीबीच झडप हुँदा कञ्चनपुर तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रण लिन प्रहरीले केही राउण्ड अश्रु ग्याससमेत प्रहर गरेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेतीले बताए। 

डिएसपी सेतीले भने, 'स्थिति नियन्त्रण गर्ने १० वटा भन्दा बढी अश्रु ग्यास प्रहार गरेका हौं।'

आज बिहानैदेखि स्थानियबासी, व्यापारी, विभिन्न संघसस्थाका व्यक्ति, विद्यार्थिहरु हत्याराको सत्थतथ्य छानविन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका थिए।

गत साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा सार्वजनिक गरेको थियो। 

भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीहरु आक्रोसित बनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell