PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नाई भन्दा भन्दै केकीले गरिन् 'नाईं नभन्नू ल ५'



पहिलोपोस्ट

नाई भन्दा भन्दै केकीले गरिन् 'नाईं नभन्नू ल ५'

काठमाडौँः फिल्म 'नाईं नभन्नू ल ५' प्रदर्शनको संघारमा छ। फिल्मलाई विकास आचार्यले निर्देशन गरेका हुन्।

फिल्ममा कलाकारहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ। फिल्ममा अभिनेत्री प्रियांका कार्की, स्वस्तिमा खड्का, निरुता सिंह, दीलिप रायमाझी, बाल कलाकार अनुभव रेग्मी लगायतको अभिनय रहेको छ। फिल्ममा केकी अधिकारीको पनि अभिनय रहेको छ।  निर्देशक विकासले फिल्म प्रदर्शन नजिकिँदै जाँदा फिल्मका भित्री कुराहरु बाहिर सार्वजनिक गरेका छन्।

आचार्यका अनुसार 'नाईं नभन्नु ल'को अभिनत्रीमा केकीलाई प्रस्ताव राखिएको थियो। तर, उनले अस्वीकार गरिन्। केकीले ‘स्वर’ फिल्म गरिन्। आचार्यले केकीलाई तेस्रो शृंखलामा पनि अफर गरेका थिए। व्यस्तताका कारण गरिनन्। तर, पाँचौं शृंखलाको प्रस्ताव भने सजिलै स्वीकारिन्। 

अब 'नाईं नभन्नू ल ५' मा भने उनी देखिने भएकी छिन्। फिल्म भदौ ८ देखि प्रदर्शनमा आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell