PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

परीक्षाको तेस्रो घन्टी बजेको छ, निगाहमा अध्यक्ष भएको हैन : नैनसिंह महर



परीक्षाको तेस्रो घन्टी बजेको छ, निगाहमा अध्यक्ष भएको हैन : नैनसिंह महर

काठमाडौं: नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आफू निगाहको भरमा अध्यक्ष नभएको बताएका छन्। आज नेपाल विद्यार्थी संघ काठमाडौंले राजधानीको पर्यटन बोर्डमा  एसइइमा उतीर्ण भएका अपांगता भएका विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रम उक्त भनाई राखेका हुन्।

नेविसंघलाई महाधिवेशनका लागि तीन महिनाको म्याद थप गरेकोप्रति नेविसंघका नेताहरुले निगाहमा तीन महिना अध्यक्ष पाएको आरोपको खण्डन गर्दै अध्यक्ष महरले उक्त भनाई राखेका हुन्। महरले भने, 'अहिले नेविसंघका लागि तेस्रो घन्टी बजेको छ। जस्तो परीक्षामा तीन घन्टामा पास हुनुका लागि लेख्नुपर्छ। त्यस्तै हाम्रो कार्यकालका लागि तेस्रो घन्टी बजेको छ। यो कुनै निगाहको पद हैन। म महाधिवेशनप्रति प्रतिबद्ध छु।'

महरले महाधिवेशनका लागि सबै तयारी रहन निर्देशन दिँदै सबैको सहयोगका लागि आग्रहसमेत गरे। कार्यक्रममा उनले भने, 'साथीहरु तीन महिना छ। सबैले सहयोग गर्नुहोस्। मेरो पनि गल्ती हुन सक्छ। सच्चिन सबैको साथ चाहिन्छ।'

आफ्नो कार्यकालमा धेरै जिल्लाको विवाद हल गरेको दाबी गर्दै महरले नेविसंघकै पदाधिकारीले अघि बढ्न नदिएको गुनासोसमेत गरे। भने, 'पहिले ११ जिल्लामा १७ बर्षदेखि विवाद थियो। अहिले ६ जिल्लामा मात्र यस्तो विवाद छ। बर्गेनिङको गुटबन्दी नहोस। म प्रदीप पौडेल देखि रञ्जित कर्णसम्म महाधिवेशनको पक्षमा छु। विधानअनुसार सहमतिमा लाग्नुपर्छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell