PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आवास र जनस्वास्थ्य विधेयक संसदमा प्रस्तुत



आवास र जनस्वास्थ्य विधेयक संसदमा प्रस्तुत

काठमाडौं : संविधानको मौलिक हक अन्तर्गतको दुईवटा विधेयक आज संसदमा प्रस्तुत भएको छ।

प्रतिनिधि सभाको बैठकमा सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइर्ल ‘आवासको अधिकार सम्बन्धी विधेयक, २०७५’ प्रस्तुत गरेका छन् भने,‘उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ‘जनस्वास्थ्य विधेयक, २०७५’ प्रस्तुत गरेका छन्।

उक्त विधेयकहरुमाथि सैद्धान्तिक छलफलसमेत भएको छ।

जनता आवास कार्यक्रम अलपत्र रहेको गुनासो सांसदहरुले छलफलका क्रममा उठाएका थिए। उक्त विषयमा सहरी विकास मन्त्री इस्तियाक राईले जनता आवास योजना अहिले अलपत्र नरहेको बताउँदै प्रदेशको मातहतमा गएको र काम अगाडि बढेको जानकारी गराए।
 
विधेयकमा सहरमा एकल आवास र संयुक्त आवासको व्यवस्था पनि हुन लागेको मन्त्री राईले जानकारी दिए।

यता स्वास्थ्य मन्त्री यादवले विधेयकमाथि उठेको प्रश्नको जवाफ दिदै स्वास्थ्य विमामार्फत सर्वसाधारणलाई लाभकारी बनाउने दाबी गरे। जनस्वास्थ्य एनमा निःशुल्क स्वास्थ्य सेवा सम्बन्धी व्ययवस्थासमेत रहेको यादवले बताएका छन्।

नेपालमा डाक्टरको कमी रहेको र त्यसलाई सरकारले व्यवस्थापन गर्नु पर्ने सांसदहरुले बताएका थिए। उक्त विषयमा जवाफ दिदै मन्त्री यादवले भने,‘सरकारको दुई तिहाईले पास गरेर डाक्टर बन्दैन। त्यसका लागि पढाउनु पर्यो। मेडिकल पढाउने संस्थालाई नियन्त्रण गरेर डाक्टर बढाउन सकिदैन। त्यसका अवरोध पनि भइरहेको छ माननीयहरुले त्यसमा पनि ध्यान दिनु पर्यो।’
प्रतिनिधि सभाको अर्को बैठक सात गते १ बजे बस्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell