PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुनसान कालिमाटी तरकारी बजार

सुनसान कालिमाटी तरकारी बजार

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सोमवार फलफूल तथा तरकारी बजार कालिमाटीमा सरकारी टोलीले गरेको अनुगमनको विषयलाई लिएर व्यापारीहरुले मंगलवार बजार ठप्प पारेका छन्। 

दैनिक लाखौंको कारोवार गर्ने बजार ठप्प हुँदा सुनसान देखिएको थियो। सरकारी टोलीले पक्राउ गरेका फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरतप्रसाद खतिवडाको रिहा गर्नु पर्ने लगायतका माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
 
अनुगमन टोलीले तरकारी बोकेर आएका दुईवटा ट्रक नियन्त्रणमा लिएपछि सोमवार व्यापारी आक्रोशित बनेका थिए। तरकारी बोकेर आएका बा ६ च ९६४ र ना ४ च ६६३४ को सवारीको आवश्यक कागजपत्र नभएपछि अनुगमन टोलीले नियन्त्रणमा लिँदा विवाद बढेको थियो। सुनसान तरकारी बजारको दृश्य यस्तो थियो :


ट्रेन्डिङ पोस्ट

Ncell