PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालमा हुने एएफसी यू-१८ महिला च्याम्पियनसिप छनोटको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल फिलिपिन्ससँग



पहिलोपोस्ट

नेपालमा हुने एएफसी यू-१८ महिला च्याम्पियनसिप छनोटको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल फिलिपिन्ससँग

काठमाडौँ : सन् २०१९ मा हुने एएफसी यू-१८ महिला च्याम्पियनको छनोट चरणको खेलतालिका सार्वजनिक भएको छ। आगामी सेप्टेम्वरमा नेपालमै आयोजना हुने छनोटको समूह ई को खेल तालिका सार्वजनकि भएको हो।

नेपाल सम्मिलित समूह ई मा फिलिपिन्स, म्यानमार र मलेसिया छन्। यस समूहका खेलहरु सेप्टेम्वर १९ देखि २३ तारिखसम्म हलचोक मैदानमा हुनेछ।

नेपालले सेप्टेम्वर १९ मा फिलिपिन्ससँग पहिलो खेल खेल्नेछ। दोस्रो खेलमा सेप्टेम्वर २१ मा म्यानमारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टम्वर २३ मा मलेसियासँग खेल्नेछ।

यस समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणका लागि छनोट हुनेछ।

एसियाका ३० राष्ट्रलाई ६ समूहमा विभाजन गरेर पहिलो चरणको छनोट खेलाइन लागेको हो। २०१७ मा उत्कृष्ट तीनमा परेका उत्तर कोरिया, दक्षिण कोरिया र जापान भने सिधै अन्तिम चरणको लागि छनोट भइसकेका छन्।

पहिलो चरणको छनोट खेल्ने ६ समूहका ६ समूह विजेता र उपविजेतामध्ये उत्कृष्ट २ टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।

त्यसपछि ८ टोलीलाई दुई समूहमा विभाजन गरेर दोस्रो चरणको छनोट खेलाइनेछ। त्यसमा दुवै समूहको शीर्ष दुई टोली अन्तिम चरणमा पुग्नेछन्। जहाँ दुई कोरिया, जापान र आयोजक थाइल्याण्ड सहित ८ टोलीको प्रतियोगिता हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell