PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

७ नम्बर प्रदेशको नाम र राजधानीबारे प्रतिवेदन तयार



पासाङ ठकुल्ला

७ नम्बर प्रदेशको नाम र राजधानीबारे प्रतिवेदन तयार

धनगढी : ७ नम्बर प्रदेशको नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिले २२ दिनपछि प्रतिवेदन बुझाएको छ। तीन पटकको म्याद थपपछि समितिले आज सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन बुझाएको हो। 

साउन १४ गते नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। समितिलाई एक हप्ताको समय दिएको थियो। तर, सुझाव संकलनका लागि पर्याप्त छलफल गर्न समय नपुगेको भन्दै तीन पटक समितिको म्याद थप गरिएको थियो। 

आज प्रदेशको नाम र राजधानीबारे तयार पारिएको प्रतिवेदन बुझाउँदै समितिका संयोजक तामाङले सरोकारवाला सबैसँग छलफल र सुझावका आधारमा प्रतिवदेन तयार पारिएकाले सर्वसम्मत हुने दावी गरे। 

समितिले ठूलो मेहेनत गरेर प्रतिवेदन तयार पारेकाले प्रदेश सभा बैठकले सर्वसम्मतिमा पास गर्ने अपेक्षा समितिले लिएको उनले बताए। सभामुख अर्जुनबहादुर थापाले चाँडै प्रदेशसभा बैठकमा उक्त प्रतिवेदन पेश गरिने बताए। 

समितिमा नेपाली कांग्रेसका सांसद श्याम लाल राना, नेकपाका सांसद बल देव भट्ट, चुनकुमारी चौधरी र प्रेम प्रकाश भट्ट रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell