PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एन्फाको विभिन्न कमिटिको संयोजक तोकियो, प्रशिक्षकबारे निर्णय गर्न भोली दिउँसो आपतकालिन बैठक बस्ने



पहिलोपोस्ट

एन्फाको विभिन्न कमिटिको संयोजक तोकियो, प्रशिक्षकबारे निर्णय गर्न भोली दिउँसो आपतकालिन बैठक बस्ने

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले विभिन्न विभागको संयोजक चयन गरेको छ। मंगलवार बसेको एन्फाको बैठकलले दर्जन भन्दा बढी विभागको संयोजक र उपसंयोजक तोकेको हो।

फुटबल गतिविधिलाई चुस्त बनाउनका लागि एन्फाले उक्त विभागको संयोजक तोकेको जनाएको छ।

यस्तै तपेशवर राउतलाई केन्द्रिय सदस्य नियुक्त गरेको छ। एन्फाका चार उपाध्यक्षमध्ये पंकज विक्रम नेम्वाङलाई सदस्य संघ समिति, उपेन्द्र मान सिंहलाई युवा फुटबल विकास समिति, कृष्ण थापालाई प्राविधिक समितिको जिम्मेवारी दिइएको छ।

यसैगरी नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको बारेमा निर्णय गर्न भोली दिउँसो आपतकालिन बैठक बसे निर्णय गर्ने एन्फा प्रवक्ता किरण राईले पहिलोपोस्टलाई जानकारी दिए।

'प्रशिक्षकको बारेमा आज केही निर्णय भएन। अब भोली दिउँसो २ बजे आपतकिलन समितिको बैठक बसेर प्रशिक्षको बारे के गर्ने भन्ने निर्ण गर्छौँ।’

नेपाली टोलीको जापानी प्रशिक्षक योतको कोजी भिसा अवधी सिकएको र श्रम स्वीकृती नभएका कारण इन्डोनेसियामा एसियाड फुटबलपछि नेपाल नआई जापान फर्केका छन्। बंगलादेशमा साफ च्याम्पियनसिप नजिकिरहेको र कोजी त्यसमा नआउने सम्भावना भएपछि एन्फा के गर्ने भन्ने अन्योलमा छ।

 

कुन समितिमा को संयोजक ?

पंकज विक्रम नेम्बाङ : सदस्य संघ समिति

उपेन्द्र मान सिंह :  युवा फुटबल विकास समिति

कृष्ण थापा : प्राविधिक समिति

किरण राई : सूचना तथा संचार समिति

पेमा डोल्मा लामा : महिला फुटबल समिति

मधुसुधन उपाध्याय : राष्ट्रिय टोली तयारी समिति 

दिनेश ब्यन्जनकर :  सुरक्षा समिति

रत्न कुमार श्रेष्ठ : मेडिकल समिति

विजय घले : प्रतियोगिता समिति

दिर्घ बहादुर केसी : खेलाडी समिति

रबिन्द्र नाथ श्रेष्ठ : रेफ्री समिति 

विज्ञान राज शर्मा : लिग समिति

उत्तम भण्डारी : सामाजिक उत्तरदायित्व समिति

भरत कुमार घिमिरे : राष्ट्रिय टिम तयारी समिति (उप संयोजक)

रुपेश अधिकारी : मेडिकल र स्वास्थ्य समिति (उप संयोजक)

निरोज खड्की : युवा फुटबल विकास समिति (उप संयोजक)

दामोदर भट्टराई : सूचना तथा संचार समिति (उप संयोजक)

तापेश्वर राउत : केन्द्रीय सदस्य नियुक्त

दिपेन्द्र ढकाल : सदस्य, मार्केटिङ र शिक्षा विभाग

दावा लामा : फुटसल समिति
विनोद गुरुङ : फुटसल समिति (उपसंयोजक)
सुन्दर थापा : फुटसल समिति (उपसंयोजक)
सुखिप आचार्य : इन्टेग्रिटि अफिसर
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell