PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कर्णालीमा पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण हुँदै



कर्णालीमा पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण हुँदै

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षणको आयोजना हुने भएको छ। सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रशिक्षण नेपालको पश्चिममा पहिलो पटक आयोजना गर्न लागिएको संघका अध्यक्ष जनकबहादुर रावलको दावी छ।

यही भदौ २८ बाट हुने उक्त प्रशिक्षणको पहिलो चरणमा जिल्ला एवंम् जिल्ला बाहिरका प्याब्सन, एन–प्याब्सन लगाएत सम्पूर्ण विद्यालयहरु समन्वय र सहकार्य गरिने भएको छ। प्रशिक्षणमा सहभागी हुने खेलाडीहरुलाई कुनै पनि शुल्क नलाग्ने र खेल सामाग्री समेत नि:शुल्क उपलब्ध गराउने जनाईएको छ।

प्रशिक्षणमा ८ देखि १३ बर्षसम्मका बाल–बालिकाहरुको खेलप्रति रुचि बढाउनुका साथै शारीरिक स्वास्थताका लागि आवश्यक रहेकाले सो प्रशिक्षणको आयोजना गर्न लागिएको हो। खेलका माध्यमबाट बालबालिकाहरुमा अनुशासन, खेलप्रतिको मोह जगाउनका लागि सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष रावलको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell