PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महासमिति बैठकको मिति नतोकिएकोमा पौडेल असन्तुष्ट : 'पार्टीका गतिविधि पर सार्ने षड्यन्त्र शुरु भयो'



महासमिति बैठकको मिति नतोकिएकोमा पौडेल असन्तुष्ट : 'पार्टीका गतिविधि पर सार्ने षड्यन्त्र शुरु भयो'

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समितिको निर्णय अनुसार भदौमा गर्नुपर्ने महासमिति बैठकको मिति अझै तय नभएकोमा असंतुष्टि व्यक्त गरेका छन्। पौडेलले महासमिति बैठक सार्न खोजेर पार्टी नेतृत्वले पार्टीका सबै गतिविधि पर सार्न खोजेको आरोपसमेत लगाए। 

नेपाल बिद्यार्थी संघ अपाङ्ग विद्यार्थी समन्वय समितिले  काठमाडौंमाआयोजना गरेको एसईई परीक्षा उर्तिण बिद्यार्थी तथा अपाङगता भएर राजनीतिक तथा  समाजिक क्षेत्रमा विषेश योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई सम्मानपछि पौडेलले महासमितिमा प्रस्तुत गरिने विधान संशोधन समिति गठनका लागि आफूले तीन हप्ताअघि नै नाम दिए पनि पार्टी नेतृत्वले विधान समितिका सदस्यको नाम नदिएको भनेर आफूलाई बदनाम गराउन खोजेको बताए। 

‘तीन हप्ता भइसक्यो विधान संशोधन समितिका लागि नाम दिएको। तर, मैले नाम दिएको छैन भन्ने बहानामा समिति नबनाई महासमिति बैठक नै पर सार्ने प्रयत्न भएको छ,’ पौडेलले भने, ‘तत्काल विधान समिति बनाएर भदौमा महासमिति बैठक राख्नुपर्छ। पहिलेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ। अन्यथा १४औँ महाधिवेशनसमेत प्रभावित हुन्छ। अहिले महासमिति पर सारेर पार्टीका सबै गतिविधि पर सार्ने षड्यन्त्र शुरु भएको छ।’

उनले नेपालमा निष्ठको राजनीति समाप्त पार्ने कांग्रेसको निष्ठावान नेतृत्व समाप्त पार्ने र कांग्रेसलाई नेतृत्वविहिन बनाएर लोकतन्त्र र मुलुकलाई समाप्त पार्ने षड्यन्त्र भएको बताए। मुलुकमा पैसाको राजनीति हाबी भएको भन्दै पैसाको राजनीतिले विकास र लोकतन्त्रको चीर हरण गर्न लागेको गुनासो गरे।  वरिष्ठ नेता पौडेलले युवा विद्यार्थीले निष्ठा र प्रतिवद्धताको राजनीतिलाई अगाडि बढाउन पनि आग्रह गर्दै पार्टीको १३ औं महाधिवेशनको म्याण्डेटका कारण पार्टी अहिलेको अवस्थामा पुगेको बताए। 

भने, ‘योग्यता निष्ठा र कार्यक्षमतालाई मापदण्ड बनाउनुपर्छ। कोही व्यक्ती हेरेर कसैलाई रोक्ने गरि मापदण्ड बनाउनु हुँदैन। कांग्रेसमा एकपटक एक व्यक्ति एक पदको बिषय पटकपटक उठ्यो तर एक पटक डा रामशरणको हकमा लागुभयो। त्यो भन्दा पछि कसैको हकमा लागु भएन। व्यक्ती हरेर मापदण्ड  बनाउनु हुँदैन।’

कांग्रेसमा अहिलेको आवश्यकता भनेको पार्टीको आमुल सुधार भएको उल्लेख गर्दै पौडेलले थपे, 'गुट उपगुटको अन्त्य गरौ भन्दै भन्दै गुट बनाउदै हिड्नुभएन। गुट उपगुटको अन्त्य कांग्रेसमा आमुल सुधार भएपछि हुन्छ। अहिले नै म नेता त नेता भनेर हिड्नुभन्दा कांग्रेसमा सुधार गरौ। भोलि नेता को को हुने हो हुन सकिन्छ।' 

यस्तै वरिष्ठ नेता नेता पौडेलले नेपाल विद्यार्थी संघको महाधिवेशन घोषणा नगरेर बर्बाद गर्न खोजेको आरोपसमेत लगाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell