PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विश्वमा आज : इदको प्रार्थनादेखि उसेन बोल्टको फुटबल यात्रासम्म



पहिलोपोस्ट

विश्वमा आज : इदको प्रार्थनादेखि उसेन बोल्टको फुटबल यात्रासम्म

युद्धका बीच प्रार्थना

मुस्लिमहरुको महान चाँड इद अल-अधाका अवसरमा विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ। यसैक्रममा युद्धग्रस्त राष्ट्र सिरियाका राष्ट्रपति बसर असाद राजधानी दमास्कस स्थित अल-राउडा मस्जिदमा इद अल-अधाका अवसरमा प्रार्थना गर्दै। 

रसियन ह्याकरविरुद्ध माइक्रोसफ्टको जित

रसियाले अमेरिकाका कन्सर्भेटिभ समूहमाथि लक्षित गरेको साइबर आक्रमण असफल भएको माइक्रोसफ्टले जनाएको छ। माइक्रोसफ्टका अनुसार रसियन ह्याकरहरुले अन्तर्राष्ट्रिय रिपब्लिकन केन्द्र, हडसन इन्स्टिच्युट र विभिन्न राजनीतिक दलहरुको डाटा चोर्ने प्रयास गरेको बताएको छ। तर, आफ्ना कर्मचारीहरुले उनीहरुको प्रयास विफल बनाएको माइक्रोसफट जनाएको छ। उसले यस आक्रमणको पछि रसियाको 'फयान्सी बिएर' भन्ने ह्याकिङ समूह रहेको जनाएको छ।  

इरानको पहिलो लडाकू बिमान सार्वजनिक


इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा पहिलो घरेलु लडाकू बिमान सार्वजनिक गरेको छ। राज्य नियन्त्रित टेलिभिजनमा इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ “कौसार” विमानको ककपिटमा बसेको देखाइएको थियो। शत प्रतिशत इरानी प्रविधिबाट उत्पादन गरिएको भनिएको यस बिमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान गरिएको छ। 

मलेसियाद्वारा चिनीयाँ लगानीका परियोजना रद्द

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनिया लगानीका तीनवटा परियोजना रद्द गरेको बताएका छन्। करिब २२ अर्ब अमेरिकी डलरका लगानी रहेको परियोजनामा मलेसियाको पूर्वी तटबाट दक्षिणी थाइल्यान्ड र क्वालालम्पुर जोड्ने रेलमार्ग तथा दुईवटा ग्यास पाइपलाइन निर्माण रहेका छन्। बेइजिङ भ्रमणका क्रममा चिनियाँ नेतृत्वलाई उक्त परियोजनाको ऋण रकम तिर्ने निश्चित नहुँदासम्म यस्तो लगानी स्वीकार नगरिने उनले बताएका छन्।


सू चीको तर्क


म्यानमाकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सू चीले बंगलादेशमा आश्रय लिइरहेका रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बंगलादेशको तत्परतामा निर्भर रहने बताएकी छिन्। एक वर्षअघि बहुसंख्यक बौद्धमार्गी रहेको म्यान्मारका सैनिकको चरम दमनपछि म्यान्मारबाट सात लाखभन्दा बढी रोहिङ्ग्या मुस्लिम समुदाय भागेर बङ्गलादेश प्रवेश गरेका थिए । 

एसियाडको रौनक



इन्डोनेसियाको जकार्तामा आयोजना भइरहेको १८ एसियन गेम्स (एसियाड) अन्तर्गत 'आर्टिस्टिक जिमन्यास्टिक' मा उज्बेकिस्तानका ओकसाना चुसोभिटीनामा प्रतिस्पर्धा गर्दै।  

राष्ट्रपति भवनमा रकेट आक्रमण



तालिबानी समूहले अफगानिस्तानको राष्ट्रपति भवनमा रकेट आक्रमण गरेका छन्। अफगनिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले मुस्लिमहरुको महान चाड इद अल अधाका क्रममा प्रत्यक्ष प्रशारण मार्फत सम्बोधन गरिरहँदा दुर्इ वटा रेकट आक्रमण हो। पहिलो रकेट राष्ट्रपति भवनको नजिकै प्रहार गरिएको थियो। यस्तै, दोस्रो रकेट नाटो र अमेरिकी दूतावासको कम्पाउन्डमा प्रहार गरिएको थियो। उक्त आक्रमणमा कोही घाइते नभएको प्रहरीले जनाएको छ। 

उसेन बोल्ट फुटबल मैदानमा



विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसेन बोल्टले अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्बलमा आबद्ध भई पहिलो पटक तालिममा सहभागी भएका छन्। हिउँदको हल्का चिसो मौसम भएपनि ग्लोब र ट्राकसुटमा सजिएका यी जमैकाली खेलाडीले मैदानमा पहिलो अभ्यास गरेका हुन्। अस्ट्रेलियाको ए–लीगमा रहेको म्यारिनर्स टीमले बोल्टलाई अनुबन्ध गरेको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell