PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी, १३ रन खर्चेर लिए २ विकेट



पहिलोपोस्ट

सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी, १३ रन खर्चेर लिए २ विकेट

क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। बुधबार बिहान सेन्ट लुसियामाथि उनको टिमले ७ विकेटको जित हासिल गर्दा सन्दीपले २ विकेट लिए।

चौथो खेलमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन जारी राखेका हुन्। सीपीएलको डेब्यु खेलमा उनले चार ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिएका थिए।

उनले लुसियाका डेविड वार्नर र अहमद क्वेजको विकेट लिए।

पहिले ब्याटिङ गरेको लुसिया १२ दशमलव ३ ओभरमा अलआउट भयो। लुसियाले ६९ रन बनाएको थियो। ७० रनको लक्ष्य सेन्ट किट्सले ७ दशमलव ४ ओभरमा पूरा गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell