PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'जय श्री दाम'को पोस्टरमा खोई त जेबिका ?



पहिलोपोस्ट

'जय श्री दाम'को पोस्टरमा खोई त जेबिका ?

काठमाडौँः 'जय श्री दाम' टिमले फिल्मको प्रचार सुरु गरेको छ। टिमले फिल्मको पोस्टर र रिलिज मिति सार्वजनिक गरेको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार अमृत ढुङ्गाना, विनोद न्यौपाने र राजन खवितडा फिचर्ड छन्।

अभिनेत्री जेबिका कार्कीलाई भने पोस्टरमा स्थान दिइएको छैन। कमेडी जनारामा बनेको फिल्मलाई विप्लप उप्रेतीले निर्देशन गरेका हुन्। मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्ममा अमरदीप सापकोटाको पटकथा,  मित्र डि गुरुङको सम्पादन, छ भने रविन सुशांत गौतमको संगीत रहेको छ।

फिल्ममा अमृत, राजन, जेबिका, विनोदसँगै प्रमोद अग्रहरि र विष्णु सापकोटा लगायतको अभिनय रहेको छ। निर्माण टिमले पुस २० लाई फिल्मको प्रदर्शन टार्गेट तय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell