PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संचालनमा आएको एक महिनामै तीन निर्जीवन बीमा कम्पनी नाफामा



पहिलोपोस्ट

काठमाडौं : नयाँ संचालनमा आएका तीन निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष ६ करोड ४० लाख रुपैयाँ नाफा गरेका छन्।

संचालन तर्फको नाफामा ऋणात्मक रहेका तीन बीमा कम्पनीले बैंकमा जम्मा गरिएको निक्षेपको व्याज आम्दानीले नाफा कमाउन सफल भएका हुन्। गतवर्ष नयाँ कम्पनीहरुले संचालनमा आएको एक महिनामा २ सय ४१ वटा बीमा लेख जारी गरेका छन्। बीमा लेख जारी गर्नेमा जनरल इन्स्योरेन्स अगाडी छ।

कम्पनीले १ सय ९३ वटा बीमा लेख जारी गरि ३१ लाख ७० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै १५ वटा मात्रै बीमा लेख जारी गरेको सानिमा इन्स्योरेन्सको नाफा भने सबै भन्दा धेरै दुर्इ करोड ३० लाख रुपैयाँ छ। सानिमाको व्याज आम्दानी सबै भन्दा धेरै चार करोड ११ लाख रुपैयाँ भएकोले अघि देखिएको हो।
 
सबै भन्दा धेरै बीमा लेख जारी गरेको जनरलले यो अवधिमा एउटा बीमा लेखको ११ लाख रुपैयाँ दाबी भूक्तानी गरिसकेको छ। तीन निर्जीवन बीमा कम्पनीलार्इ गत पुसमा न्यूनतम चुक्ता पूँजी ७० करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको थियो। पुसदेखि ७० करोड रुपैयाँ बैंकमा जम्मा गरेर आवश्यक प्रकृया अगाडी बढाएका थिए।यो सँगै जेठबाट कम्पनीहरुले औपचारिक निर्जीवन बीमा व्यवसाय सुरु गरेका थिए। पुसदेखि ७० लाख रुपैयाँ बैंकमा जम्मा गरेका कम्पनीहरुले यसै रकमको व्याज आम्दानीबाट नाफा गर्न सफल भएका हुन्। 
 

आइपिओ कहिले? 

नियम अनुसार बीमा कम्पनीहरुले अनिवार्य प्राथमिक शेयर निष्काशन गर्नु पर्छ। बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम चुक्ता पूँजी एक करोड रुपैयाँ हुनु पर्ने निर्देशन जारी गरेको छ।

यही निर्देशन अनुसार बीमा कम्पनीहरुले जम्मा चुक्ता पूँजी ३० प्रतिशत सर्वसाधारणको लागि बिक्री गर्नु पर्नेछ। तीन निर्जीवन बीमा कम्पनीले कम्तीमा पनि ९० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्नु पर्ने हुन्छ।

धितोपत्र निष्काशन नियम अनुसार कम्पनीहरुले प्राथमिक शेयर निष्काशन गर्नको लागि आफ्नो व्यावसाय सुरु गरेपछि कम्तीमा पनि पूर्ण रुपमा एक आर्थिक वर्षको कारोबार गरेको हुनुपर्छ। त्यसैले चालु आर्थिक वर्ष भरी निर्जीवन बीमा व्यावसाय गरि लेखापरीक्षण सक्नु पर्ने हुन्छ। अर्को आर्थिक वर्षमा यी कम्पनीहरुले सार्वजनिक शेयर निष्काशन गर्न सक्नेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell