PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, डाक्टरहरुको प्रमाणपत्र काउन्सिलमा बुझाउने



देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, डाक्टरहरुको प्रमाणपत्र काउन्सिलमा बुझाउने

काठमाडौं: नेपाल चिकित्सक संघले आज ५ हजार भन्दा बढी डाक्टरहरुको प्रमाणपत्र नेपाल मेडिकल काउन्सिललाई बुझाउने भएका छन्। सरकार चिकित्सकको मागमा सकरात्मक नभएको भन्दै संघले काउन्सिलमा लगेर डाक्टरहरुको लाइसेन्स बुझाउने भएका हुन्।

संघले गत बिहिवार देशभरका १६ शाखाबाट ५ हजार भन्दा बढी लाइसेन्स संकलन गरेको थियो। संकलन भएका सबै लाइसेन्स काउन्सिलमा बुझाउने निर्णय भएको संघका महासचिव डा लोचन कार्कीले जानकारी दिए। डाक्टरले लाइसेन्स बुझाएपछि बिरामी जाँच गर्न पाउँदैनन्।

त्यस्तै आज आइतबार संघले देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरेको छ। माइतीघर मण्डलामा भेला भएर उनीहरुले आन्दोलन गरिरहेका छन्।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै विरोधमा उत्रेको संघले सरकारलाई दवाव दिन लाइसेन्स बुझाउने निर्णय गरेको हो। 

काउन्सिलको तथ्यांक अनुसार नेपालमा २२ हजार डाक्टरले लाइसेन्स लिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell