PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साइकोप्याथ : मष्तिष्कमा सहानुभूति नहुँदा निम्तने खतरा, महिलाभन्दा पुरुषलाई किन धेरै?



साइकोप्याथ : मष्तिष्कमा सहानुभूति नहुँदा निम्तने खतरा, महिलाभन्दा पुरुषलाई किन धेरै?
फोटो: healthyplace.com

साइकोप्याथलार्इ एक प्रकारको 'पर्सनालिटी डिसअर्डर'का रुपमा लिइन्छ। साइकोप्याथहरु आफ्नो स्वार्थी स्वभाव र हिंस्रक व्यवहारले परिचित हुन्छन्। 

तर 'डायगोनोस्टिक एन्ड स्टाटिस्कल म्यानुल अफ मेन्टल डिसअर्डर'ले भने साइकोप्याथी एकमात्र कारण हुने अवस्था नरहेको बताएको छ। उसले यसलार्इ बृहत 'एन्टी सोसियल डिसअर्डस' का रुपमा लिएको छ।

के हो साइकोप्याथ? 

सन् १९९३ मा क्यानडाका मनोचिकित्सक एवम् 'साइकोप्याथ चेकलिस्ट'का निर्माता रोबर्ट हारेले साइकोप्याथलार्इ 'समाजका हिंस्रक जनावर जो जीवनभर आकर्षक, आक्रमक र दयाहीन हुँदै आफ्नो बाटो बनाउँछन्' भनेका छन्।

उनीहरुमा अरुप्रति कुनै सद्भाव हुँदैन। आफूलार्इ चाहिने कुरा जबरजस्ती लिएरै छाड्छन्। मनपरेको कुरा गर्छन्। सामाजिक मूल्य मान्यताविरुद्ध लाग्छन्। 

साइकोप्याथको 'स्टेरिओटिपिकल पोर्ट्रेट'ले मस्तिष्कमा काल्पनिक पात्रहरु निर्माण गरिदिन्छ। यस्तै वास्तवमै भएको व्यक्तिहरु, जस्तै टेड बन्डी वा जेफिरी डाहमर जस्ता सिरियल किलर जस्तो व्यवहार गर्छन्।

तथापि केहि अनुसन्धानकर्ता भने धेरै साइकोप्याथहरु हामीसँगै समाजमा बस्ने गरेको तर्क गर्छन्।

सानो संख्यामा भएपनि साइकोप्याथबाट प्रभावितहरु 'नन- साइकोप्याथ' भन्दा २० देखि २५ गुणाले जेलमा रहने पाइएको छ। अमेरिकामा हुने हिंस्रक अपराधमध्ये आधा अपराधमा साइकोप्याथको संलग्नता रहने गरेको पाइएको छ।

मनोवैज्ञानिक हारेकाअनुसार साइकोप्याथहरु हामीले सोचेभन्दा धेरै संख्यामा रहेका छन्। तिनीहरुमध्ये धेरैजसो त आफैले आफैलाई वशमा राखेर बसिरहेका छन्। कर्पोरेट क्षेत्र र राजनीतिक क्षेत्रमा साइकोप्याथहरु धेरै रहेको उनको दाबी छ।

हारे भन्छन् 'साइकोप्याथहरु सबैजना हत्यारा हुँदैनन्। ओभर कन्फिडेन्स भएका पुरुष र महिलाहरु यस अवस्थाबाट ग्रस्त हुने गर्दछन्।' 

जब मस्तिष्कमा सहानुभूति हुँदैन

विश्वविख्यात न्यूरो साइन्स विज्ञ एवम् युनिभर्सिटी अफ सिकागोका मनोविज्ञान प्रोफेसर इर्भिङ बि ह्यारिस भन्छन्, 'सहानुभूति नहुनु साइकोप्याथहरुमा हुने एक विशिष्ट चरित्र हो।'

विभिन्न अध्ययनहरुले साइकोप्याथिक मस्तिष्कहरुमा 'न्युरल बेसिस' नरहेको वा त्यसमा केही खोट रहेको देखाएको छ।

साइकोप्याथहरुमा 'मिरर न्युरन सिस्टम' बिग्रिएको हुन सक्ने अनुसन्धानका क्रममा देखिएको छ। त्यसले न्युरोनमा समस्या ल्याउँछ। उक्त सिस्टम स्वस्थ मस्तिस्कमा भने अरु बोल्दा वा केही गर्दा, र हामीले सोही काम गर्दा सक्रिय हुने गर्छ। तर साइकोप्याथका मस्तिस्कमा भने त्यस्तो हुँदैन। 

केही 'क्लासिक' अध्ययनले मस्तिष्कको 'पारालिमबिक' प्रणालीमा रहेको 'ग्रे म्याटर'को मात्रामा कमी हुने तथ्य देखाएको छ। मस्तिष्कको 'कंग्लोमेरेट' क्षेत्रहरु भावनाहरुको संचालन र स्व-नियन्त्रण, उदेश्य निर्माण र उर्जाशील हुनका लागि जिम्मेवार हुन्छ।

प्रोफेसर डेसिटीले धेरै अनुसन्धानका माध्यमबाट साइकोप्याथहरुमा सहानुभूतिका लागि आवश्यक 'न्युट्रल इक्विप्मेन्ट' नरहेको पत्ता लगाएका छन्।
  
उनको टिमले अमेरिकी जेलमा रहेका १२१ जना बन्दीहरुलार्इ दुखद तस्विरहरु देखाउँदै उनीहरुको मस्तिष्क स्कयान गरेको थिए। सहभागीहरुमा 'हारे साइकोप्याथी चेकलिष्ट रिभाइस' हरुको प्रयोग पनि गरिएको थियो।   

जब सहभागीहरु अत्याधिक 'साइकोप्याथिक' हुन थाले तब उनीहरुलार्इ त्यो पीडाले के महसुस भइरहेको छ भनी सोधिएको थियो। भावना र सहानुभूति सक्रिय हुनुपर्ने मस्तिष्कको केही भागमा बत्ती बलेको 'एमआरआई' मा देखिएको थियो। 

ती मस्तिष्कका क्षेत्रहरु हुन् : एन्टिअर इन्सुला, एन्टिअर मिड सिन्गुलेट कर्टेक्स, सोमाटोसेन्सोरी कर्टेक्स र राइट एमीग्डाला।
 
तथापी जब उच्च साइकोप्याथिक व्यक्तिहरुलार्इ अरुले महसुस गर्ने पीडा महसुस गर्न भन्दा उनीहरुको मस्तिष्कका सोही भागहरुले कुनै प्रतिक्रिया जनाउन सकेन। 

सहभागीहरुलार्इ अरुहरुको कुराका बारेमा विचार राख्न भन्दा उनीहरुको 'इन्सुला' र 'भेनट्रोमेडियल प्रि फ्रन्टल कर्टिकल्स'हरुले एकअर्काबीच सम्पर्कमा आउन सकेन।

'भेनट्रोमेडियल प्रि फ्रन्टल कर्टिकल्स' (भिएमपिएफसी), जसलार्इ हाम्रो मस्तिष्कको 'सोसियल हब' भनेर चिनिन्छ। त्यसले सहानुभूति निर्माण गर्ने कार्य गर्दछ। यसले हामीलार्इ आफूलार्इ राम्रो हुने वा अरुलार्इ राम्रो हुनेबीच छुट्याउन सहयोग गर्छ। साथै हामीले अरु प्रति गर्ने व्यवहार र विचारहरु पनि संगाल्ने गर्दछ।

तर 'साइकोप्याथ'हरुको केसमा भने सहानुभूतिका क्रममा सक्रिय हुने 'न्युरल सर्किट'हरु बिग्रिएको पाइएको छ। त्यसले साइकोप्याथहरुलार्इ मानव संवेदनशीलताबाट टाढै राखेको छ। 

के साइकोप्याथहरुले नराम्रो निर्णयमात्र लिन्छन्?

केही अनुसन्धानकर्ताहरु 'साइकोप्याथहरु दानव होइनन् र नराम्रो निर्णय लिने गर्दैनन्' भन्छन्। हावर्ड युनिभर्सिटीका मनोविज्ञानका एशोसियट प्रोफेसर जोसहुआ बकहोल्टजको समूहले दुर्इवटा जेलमा रहेका ४९ कैदीहरुको 'मस्तिष्क स्क्यान' गरेको थियो। सहभागीहरुलार्इ 'डिलेड ग्राटिफिकेसन टेस्ट' पुरा गर्न भनिएको थियो।

यो अवस्थामा उनीहरुलार्इ अहिले नै थोरै पैसा वा पछि धेरै पैसाबीच छनौट गर्न दिइएको थियो। मस्तिष्कको 'भेन्ट्रल स्ट्रिएटम' जसले एक्कासी 'रिवार्ड'को गुण तय गर्दछ। उनीहरुमा त्यो निकै सक्रिय रहेको थियो।
 
'भिएमपिएफसी'ले साइकोप्याथीमा 'एफोरमेन्सन्द' कार्यहरुका लागि सम्मेलनमा महत्वपूर्ण भूमिका खेल्छ। त्यसले 'रिवार्ड प्रोसेसिङ स्ट्रिएटम' नियन्त्रण गर्छ।

यदि हामीलार्इ एक लाख डलर चाहिएको छ तर त्यो प्राप्त गर्न कसैको हत्या गर्नु परको खण्डमा 'भिएमपिएफसी'ले 'भेन्ट्रल स्ट्रिएटम'लार्इ भन्छ, 'एकैछिन रोक। के पैसाका लागि कसैको हत्या गर्नु राम्रो हो। के त्यसबाट आउने परिणाम तिमी सहन तयार छौ?'

तर बकहोल्टच र उनका साथीहरु साइकोप्याथको मस्तिस्कमा 'भिएमपिएफसी' र 'भेन्ट्रल स्ट्रिम'बीच सम्पर्क नै नहुने बताउँछन्। बकहोल्टच भन्छन् 'स्ट्रिमले टेम्पोरल कन्टेक्स्ट बिना विभिन्न कार्यहरुमा निर्देशन दिने गर्छ। भविष्यमा 'हाम्रो कार्यहरुका कारणले के असर गर्छ र मैले यो कार्य गरेमा यस्तो नराम्रो अवस्था सिर्जना हुन सक्छ' भन्ने प्रश्नहरुमा उपयुक्त निर्णय लिनका लागि हामीलार्इ 'प्रि फ्रन्टल कर्टेक्स'को आवश्यक्ता हुन्छ।'

बकहोल्टच भन्छन् 'यदि तपार्इले कुनै एकसँग सम्बन्ध तोड्नु भयो भने तिनीहरुले नराम्रो कुरा छान्न अग्रसर हुन्छ। किनभने उनीहरुसँग राम्रो विषय वस्तुका बारेमा मार्ग निर्देशन गर्ने सूचना हुँदैन। साइकोप्याथहरु 'एलियन' हुदैनन्। तिनीहरु मानव हुन् जो नराम्रो निर्णय लिने गर्छन्।'

के 'टेस्टोस्टेरोन' त्यसको कारण हो?

साइकोप्याथी मस्तिष्कमा भएको खराबीमा अनुसन्धानकर्ताहरुले जोड दिदै आएका छन्। तर मस्तिष्कमा तिनीहरु के कारण ले छुट्टिन्छन्? केही अनुसन्धानकर्ताहरुका अनुसार पुरुषमा हुने 'सेक्स हर्मोन टेस्टोस्टेरिओन' त्यसको कारण हुन सक्छ।

राडबाउड युनिभर्सिटीका प्रोफेसर केरिन रोइलोफ्सको नेतृत्वमा गरिएको एक अनुसन्धानले साइकोप्याथहरुको मस्तिष्कमा 'एमीगडाला र 'प्रि फ्रन्टल कर्टेक्स'बीच राम्रो संयोजन नभएको फेला पारेको थिए। 'एमीगडाला'ले मस्तिष्कमा हुने भावना खासगरी डर र 'प्रि फ्रन्टल कर्टेक्स'ले उचित निर्णय लिन सहयोग गर्छ। 

अनुसन्धानमा साइकोप्याथबाट ग्रस्त व्यक्तिहरुमा 'टेस्टोस्टेरिओन'को मात्रा धेरै हुने र 'प्रि फ्रन्टल कर्टेक्स'को गतिबिधि कम हुने पनि देखिएको छ। 

साइकोप्याथिक व्यक्तिहरु हिंस्रक गतिविधि तर्फ अग्रसर हुन्छन्। 'टेस्टोस्टेरिओन' धेरै हुनाले पनि हामी महिला भन्दा पुरुष साइकोप्याथ किन धेरै छन् भन्ने बारे बुझ्न सक्छौं।

प्रोफेसर रोइलफ्स यसलार्इ साइकोप्याथीको 'पाराडोसिकल एस्पेक्ट' भनेका छन्। अनुसन्धानबाट आएको निष्कर्षले साइकोप्याथको अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने र 'टेस्टोस्टेरिओन'को संचालनमा देखिएको असन्तुलन कम गर्नेमा अनुसन्धानकर्ताहरुको विश्वास रहेको छ। 

सामान्यतया बुझाइमा साइकोप्याथलार्इ निको पार्न सकिदैन। 

निको नहुने तर उपचार हुन सक्ने अवस्था

साइकोप्याथिक गुणहरु हाम्रो 'न्यूरल' प्रणालीमा रहेको हुन्छ। के त्यसको अर्थ 'थेरापी' पनि त्यसलार्इ नियन्त्रण गर्न असफल भएकै हो त? अनुसन्धानकर्ताहरु त्यसो मान्दैनन्। मस्तिष्कको 'न्यूरो प्लास्टिसिटी'का कारण 'कग्निटिभ थेरापी' र 'ड्रग'हरुका माध्यमबाट मस्तिष्कहरुबीच सम्पर्क टुटेका र ती 'कनेक्सन'हरु ठीक गर्न सकिने प्रोफेसर डिटेसीको समूहको निष्कर्ष रहेको छ।

प्रोफर्सर रोइलोफ्सको समूह पनि आशावादी रहेको छ। उनी भन्छन् 'साइकोप्याथहरुमा 'एट्टेन्सिनल डिफिसिट' (कुनै विषयमा एकाग्रह हुन नसक्ने अवस्था) पनि रहेको हुन्छ। त्यसैले यदी 'एट्टेन्सिवनल डिफिसिट'को उपचार हुन सक्छ भने साइकोप्याथीको किन हुन सक्दैन?'

साइकोप्याथीको उपचारका क्रममा आउने मुख्य चुनौतीका रुपमा उनीहरु दण्ड भोग्ने लत बस्नु हो। पश्चातापका बाबजुद साइकोप्याथहरुले दण्ड पाउँदासमेत उनीहरुमा डर हुँदैन। यो मस्तिष्कका 'एमिग्डाला र प्रि फ्रन्टल कर्टेक्स'हरुबीच कनेक्सन नहुनाले हो।

सकारात्मक शुद्धीकरणमा आधारित मोडलले भने केही काम हुन सक्छ। मेनडोटा जुभनाइल ट्रिटमेन्ट सेन्टरका कर्मचारीद्वारा निर्मित 'डब्लुआइ' यसको उदाहरण हो। यसले सानो भन्दा सानो सकारात्मक काम वा भावनामा पनि पुरस्कार  प्रदान गर्छ।

पुरस्कारको मात्रा, गुण परिवर्तनशील रहेको हुन्छ। उच्च साइकोप्याथिक युवाहरुलार्इ उनीहरुले सकारात्मक व्यवहार प्रदर्शन गरेमा उनीहरुलार्इ सानो भन्दा सानो प्रशंसा (तिमीले राम्रो गर्यौं) भन्दा पनि त्यसले ठूलो असर राख्ने छ। 

साइकोप्याथिक मस्तिष्कहरु 'रिवार्ड' तर्फ बढी आकर्षित भएका हुन्छन्। त्यसमा कसैले अवरोध गर्न खोजेमा त्यसको परिणाम राम्रो हुँदैन।

'एमजेटिसी' रिपोर्टमा भनिएको छ 'हिंस्रक गतिविधि आधा घटाउनका लागि यो कार्यक्रमको ठूलो प्रभाव हुन्छ। उपचारमा संलग्न युवाहरुले अरु युवा भन्दा धेरै खतरनाक हुने देखिएको छ।'

'एमजेटिसी' उपचार नपाएका युवाहरु मध्ये १६ जनाको मृत्यु भएको छ। यस्तै 'इन्टर्भेन्सन' समूहमा कुनै 'होमोसाइडह'रु भएका थिएनन्।

तर यो एक 'इन्टर्भेन्सन' मात्र सफल भएको भन्ने होइन। युनिभर्सिटी अफ सास्काटचेवानकी लिन्डसे अलेटा सिवाल भन्छिन् 'भइरहेका अनुसन्धानहरुका अनुसार उपचारबाट क्षति कम गराएका साइकोप्याथहरुले पुन अपराधमा लाग्ने संख्या कम भएको छ।'
  
सिवालका अनुसार उपचारपश्चात 'पिसिएल आर साइकोप्याथिक स्केल'मा धेरै अंक देखिएको खण्डमा उपचार सफल भएन भनेर बुझ्नु हुँदैन। हामीले 'रिसिडिभस्म' (पुन अपराधिक क्रियाकलापमा फर्किने )पनि हेर्नुपर्छ।
 
अर्को शब्दमा साइकोप्याथी निको हुन सक्छ भन्ने विषय त्यति महत्वपूर्ण छैन किनभने यसलार्इ सन्तुलनमा राख्न सकिन्छ।

प्रोफेसर बकहोल्टज भन्छन् 'साइकोप्याथ व्यक्तिहरुमा देखिने 'सर्ट साइटेड, इम्पल्सिभ डिसिजन मेकिङ गुणहरु, धेरै खाने लत लागेकाहरुमा र अरुको अपमान गर्ने बानी भएकाहरुमा पनि देख्न सकिन्छ।'

ती व्यक्तिहरु जस्तै (पूर्णतया निको हुन नसके पनि) उचित उपचारबाट साइकोप्याथहरुले दिनमा केही समय भए पनि सामान्य जीवन बिताउन सक्छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell