PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डिसेन्ट्राल्यान्ड : हुँदै नभएको ‘भर्चुअल जग्गा’ हजारौँ डलरमा किनबेच



डिसेन्ट्राल्यान्ड : हुँदै नभएको ‘भर्चुअल जग्गा’ हजारौँ डलरमा किनबेच

केही महिना अघि रायन कुन्जमान न्यूयोर्कस्थित एक बारमा आफ्नो ५८ हजार स्क्वायर फिटको सम्पति हेर्न गए। हैन, त्यो विश्व कै ठूलो बार भने होइन। उनको त्यो सम्पति 'भर्चुअल' मात्र हो। अर्थात् जसको अस्तित्व वास्तविक जीवनमा छैन।

कुन्जमान च्याटमा छलफल गर्ने २० व्यक्तिहरु मध्य एक थिए। उनीहरु जेनेसिस सिटीमा रहेको आफ्ना साना प्लटहरुको एकापसमा तुलना गर्दै थिए। जेनिसिस सिटी वास्तवमा एउटा डिजिटल महानगर हो जुन 'भर्चुअल रियालिटी कमर्स'को प्रमुख केन्द्र बन्नेमा उनीहरु आशावादी रहेका छन्।  

घरजग्गा व्यवस्थापन सम्बन्धी एक वेबसाइटमा प्राविधिकका रुपमा सहयोग गर्ने कुन्जमान आफ्नो सम्पतिमा 'भर्चुअल म्युजियम' वा 'आर्ट ग्यालरी'को विस्तार गर्न चाहिरहेको बताउँछन्। खासगरी ठूला शहरमा बसोवास नगर्ने मानिसहरुका लागि त ती आर्टहरु धेरै आश्चर्यको हुने उनी बताउँछन्। 

वास्तविक जीवनमा हुँदै नभएको जग्गा वा सम्पति भए पनि 'ब्लक चेन' मा आधारित 'रियल स्टेट'को पछाडि धेरै 'रियल मनी' रहेको छ। गत डिसेम्बरमा कुन्जमानले  एक हजार एक सय वर्गफिटको ६२ प्लटका लागि १५ हजार डलर तिरेका थिए। उनले ती मध्ये ८ प्लट बेच्दै तीन महिनामा आफ्नो लगानी उठाए। 

अहिले बिक्रेताहरुले 'जेनिसिस सिटी'को एउटा प्लटका लागि धेरैमा ३० हजार डलर तिर्नुपर्छ।  क्रेडिट नेटवर्क 'रिपियो डट कम'ले शहर प्रवेश गर्ने बितिकै आगन्तुक आउने मुख्य स्क्वायरको नजिकैको क्षेत्रका लागि एक लाख पचास हजार डलर तिरेका थिए। १३ हजार डलरमा उक्त प्ल्ट किनेका व्यक्तिले २ लाख डलरमा सोही प्लट बिक्री गरेर टन्नै नाफा कमाए। 

प्लटहरु सीमित संख्यामा मात्र हुने भएकोले अभाव हुने आंकलनमा धेरै कुरा हुँदैछ। 'सेकेन्ड लाइफ' वा 'सिमसिटी' जस्ता खेल भन्दा फरक 'जेनिसिस'मा 'भर्चुअल डाइमेन्सन्स'का रुपमा करिब ९० हजार प्लटहरु तयार पारिएको छ। उक्त प्लटहरु 'डिजिटल वासिङटन डिसी' बराबारको रहेको छ। 

अर्जेन्टिनाका इस्टेबान ओरडानो र एरी मिलिचले 'इथेरियम ब्लक चेन'को प्रयोग गरी डिसेन्ट्राल्यान्ड नामको 'डिजिटल वर्ल्ड' निर्माण गरेका हुन्। 'डिसेन्ट्राल्यान्ड' टिममा प्रोजेक्टको नेतृत्व एरी मिलिच र प्राविधिक नेतृत्व भने इस्टेबान ओरडानोले गरिरहेका छन्। 

उनीहरुका अनुसार एउटा संस्थाले उनीहरुको 'भर्चुअल वर्ल्ड'का नियमहरु वा प्रयोगकर्ताहरुको डाटा परिवर्तन गर्न पाउँदैनन्। 'डिसेन्ट्राल्यान्ड'को प्रारम्भिक 'क्वाइन' हरुको मूल्य गत वर्ष ३० सेकेन्डमा २ करोड ६० लाख डलर बढेको थियो। 'इथेरियम'को 'डिसेन्ट्रलाइज्ड' प्रकृतिले 'जेनिसिस रियल स्टेट'का निर्धारित भागहरुको व्यापार गर्न सजिलो बनाएको छ। त्यसले लिलामी पश्चात् 'भर्चुअल ल्यान्ड'को मूल्यहरुमा थप २ करोड ८० लाख डलर उठाउन सहयोग गर्यो्। 

पहिल्यै प्लट खरिद गरेका धेरैले उनीहरुको 'ल्यान्ड'मा धेरै निर्माण गरिसकेका थिएनन्। त्यसैले उनीहरुले ‘जेनेसिस सिटी'लार्इ विभिन्न थिमको नेइबरहुडमा विभाजित गरेका छन्। जस्तै लस भेगस, इन्टरनेटको रेड लाइट जिल्ला।

मिलिच भन्छन् 'भर्चुअल रियालिटी एक सामूहिक आन्दोलन तर्फ अग्रसर भइरहेको छ। यसको प्रयोगकर्ता बढेसँगै कन्टेन्ट पत्ता लगाउनका लागि प्ल्याटफर्महरु निमार्ण गर्नुपर्ने हुन्छ।' भिआर हेडसेटहरु बाहेक भिजिटरहरुले वेब ब्राउजरको माध्यमबाट पनि प्लटहरु हेर्न सक्छेन्। 
 
'आइसिओ' बाट पैसा उठाएका स्टार्टअपका अन्य संस्थापकहरु जस्तै, मेलिच र ओर्डानोले आफ्नो व्यापार मोडल 'क्रिप्टो करेन्सी' 'माना टोकन'मा आधारित रहेर बनाएका छन्। 'क्रिप्टो करेन्सी' र्या'ङकिङ साइट 'कोइनमार्केट डट कम'का अनुसार शुरुवाती सेप्टेम्बरमा २ सेन्ट मूल्य रहेको मानाटोकन जनवरीसम्म आइपुग्दा २९ सेन्ट पुगेको थियो। हाल त्यसको मूल्य १२ सेन्ट रहेको छ।  

'ड्याप बोर्ड'का अनुसार इथेरियम नेटवर्कमा आधारित भएर चल्ने २० चर्चित एप्लिकेशनमा 'डिसेन्ट्राल्यान्ड' जहिल्यै पर्छ।

ओर्डानो र मिलिच भिआरको भविष्य निकै राम्रो रहेको बताउँछन्। उनीहरुसँग सामान्य 'जेनिसिस सिटी' बनाउन निकै थोरै समय रहेको छ।  त्यति बेलासम्म प्लटहरुमा निर्माण कार्य शुरु भइसक्नेछ। प्लट खरिद गर्नेहरुका लागि भने नेटवर्क धेरै उपयोगी हुने र उनीहरुले सोचेको भन्दा व्यापारिक रुपमा सफल हुने केही ग्यारेन्टी हुन्छ।

कुजमान र रिपिओका प्रमुख कार्यकारी अधिकृत सेबासटियन सेररिरो जस्ता प्रयोगकर्ता भने धैर्यवान छन्।  कुजमान आफ्नो आर्ट ग्यालरीलार्इ कसरी 'कोड' गर्ने भन्ने बारे सिक्दैछन्। 

सेररानो 'क्रिप्टो करेनसी' र अरु वित्तीय सेवाहरुलार्इ उकास्न 'प्राइम भर्चुअल रियल स्टेट' प्रयोग गर्ने बताउँछन्। हाल उनी 'जेनिसिस सिटी'का प्ल्टहरुका लागि आफ्ना वेबसाइटमा 'हउकिङ मोर्टगेज' गर्दैछन्। 

सेररानो भन्छन् 'यसले रकमको जोखिम हुँदैन। खेलमा जस्तै ब्लकचेनमा आधारित मोर्टगेजहरुले काम गर्छन्। यो अचम्मको छ।' 

डिसेन्ट्राल्यान्ड के हो ?

डिसेन्ट्राल्यान्ड इथेरियमबाट संचालित 'भर्चुअल रियालिटी प्ल्याट्फर्म' हो। अहिलेको भर्चुअल विश्वमा प्लटहरु किनेर त्यहाँ निर्माण गर्न, यात्रा वा मोनिटाइज गर्न सकिन्छ। त्यसको उपयोग गर्नका लागि कुनै सीमा हुँदैन। प्रयोगकर्ताहरुको स्वामित्वमा रहने यो पहिलो 'डिजिटल प्ल्याट्फर्म' हो। 

डिसेन्ट्राल्यान्डले कसरी काम गर्छ ?

'स्काइरिम' र 'फलआउट' जस्तै डिसेन्ट्राल्यान्ड एक 'इमर्सिभ भर्चुअल युनिभर्स' हो। तथापि यसमा 'टु डिमेन्सिनल स्क्रिन' भन्दा तपार्इ 'थ्री डिमेन्सनल स्क्रिन'मा सहभागी हुन सक्नुहुन्छ। यसले 'फिजिकल स्पेस ए ला वेस्टवर्ल्ड' मा 'फुल ब्लोन हल' मा आधारित खेलहरुको तार्किक पथ तय गर्ने देखिन्छ। 

ल्यान्ड के हो ?

डिसेन्ट्राल्यान्डमा तपार्इसँग अन्तर्क्रिया गरिने ठाउँ भनेको 'ल्यान्ड' हो। त्यस्तो ल्यान्ड स्थानान्तरण गर्न नसक्ने 'डिजिटल सम्पत्ति' हो जसलार्इ खेलको क्रममा खरिद गरिन्छ। एक पल्ट ल्यान्ड किनेपछि तपार्इले त्यसमा चाहे अनुसार गर्न सक्नु हुन्छ। तपार्इँले गेम, एप्लिकेशन, ग्याम्ब्लिङ सेवा 'डाइनामिक थ्री डि सिन'हरु निर्माण गर्न सक्नुहुन्छ। यसका साथै तपार्इँ शिक्षा, व्यक्तिव विकास, पर्यटन लगायतका ल्यान्डसँग सम्बन्धित सेवाहरु बनाउन सक्नुहुन्छ। 

एक पटक ल्यान्ड आफ्नो भएपछि एक प्लट ल्यान्ड '३३ फिट बाइ ३३' हुने गर्छ। त्यसको उचार्इमा भने कुनै सीमा हुँदैन। यदि तपार्इ ल्यान्ड खरिद गर्न चाहनुहुन्छ वा नक्सामात्र हेर्न चाहनुहुन्छ भने तपार्इले 'ल्यान्ड मार्केटप्लेस'मा हेर्न सक्नुहुन्छ। 

धेरै ल्यान्डहरु बनेर 'डिस्ट्रिक्टस' बन्छ।  'डिस्ट्रिक्टस' खासमा साझा मान्यतामा आधरित हुने एक प्रकारको समुदाय हो। उदाहरणका लागि 'क्रिप्टोकरेन्सी एप्स' र सेवाहरुका माध्यमबाट क्रिप्टोहरु प्रति उत्साहीहरुका लागि छुटै 'डिस्ट्रिक्टस' हुनसक्छ।

माना के हो ?

'माना' डिसेन्ट्राल्यान्ड क्रिप्टोकरेन्सी टोकन हो। यो 'इआरसी२० टोकन' बाट तपार्इले ल्यान्डका प्लटहरु खरिद गर्नुका साथै विश्वभरका समान र सेवाको पैसा तिर्न सक्नुहुन्छ। 

जब तपार्इ ल्यान्ड किन्नु हुन्छ, 'डिसेन्ट्राल्यान्ड'ले ल्यान्डसँगै किनेको मानालार्इ नष्ट गरिदिन्छ। मूलत: डिसेन्ट्राल्यान्ड टिमले एक प्लट ल्यान्ड '१०० माना'मा बिक्री गर्ने गर्थ्यो। अहिले 'सेकेन्डरी मार्केट' भएको अवस्थामा भने ल्यान्डको मूल्य फरक हुन सक्छ। हाल सबैभन्दा सस्तो ल्यान्डको मूल्य ८ हजार ८ सय ८८ माना रहेको छ। चर्चित ल्यान्डहरुको मूल्य लाखौंसम्म पर्छ। 

टेक्नोलोजी आर्टिटेक्चर

'डिसेन्ट्रल्यान्ड प्रोटोकल'को तीन लेयर (तह) हरु हुन्छन्::
 'कन्सेन्स्स लेयर': इथेरियम स्मार्ट कन्ट्रयाक्टका माध्यमबाट ल्यान्डको स्वामित्व र ल्यान्ड कन्टेन्टको निगरानी हुन्छ। 
'ल्यान्ड कन्टेन्ट लेयर': 'डिसेन्ट्रलाइज्ड' विकृत वितरण प्रणालीको प्रयोगबाट भर्चुअल विश्वको कन्टेन्टहरु रेन्डर गरिन्छ। 
'रियल टाइम लेयर': यसमा एक प्रयोगकर्ताको अर्को प्रयोगकर्तासँग कुरा गराउनका लागि एक प्रणालीको विकास हुन्छ। 
'ए-फ्रेम'को प्रयोग गरी टिमले 'भर्चुअल रियालिटी प्ल्याटफर्म' निर्माण गर्दैछ। 'भर्चुअल वर्ल्ड' को विकास गर्न तपार्इले 'स्केचअप' वा 'बलेन्डर'को सहायताबाट एक आधार बनाइ त्यसलार्इ प्ल्याटफर्ममा राख्नु पर्छ। 

ट्रेडिङ

डिसेम्बर र जनवरीको शुरुसम्म 'माना'को मूल्य अस्थिर थियो। त्यसपछि 'बिटक्वाइन'को ७५ प्रतिशत व्यापार राम्रो भएको थियो। हाल मानाको प्रयोग ल्यान्डको खरिद गर्नका लागि मात्र भएको हुनाले त्यसको मूल्यलार्इ के ले प्रभावित गर्न सक्छ भन्ने बारे अनुमान लगाउन गाह्रो छ।
ल्यान्डको माग धेरै भएमा त्यसले तपार्इले खरिद गर्नुपर्ने मानाको संख्या बढाउँछ। त्यसमा मानाको मूल्य भने बढ्दैन। यद्यपि तपार्इले त्यसबाट धेरै वस्तुहरुको खरिद गर्नसक्नु हुन्छ।

   

 माना कसरी किनिन्छ ?

'बिटक्वाइन' वा 'इथेरियम'बाट माना खरिद गर्न सकिन्छ। 'हुओवी' र 'बिनान्स'ले धेरै मात्रामा त्यसको कारोबार गर्ने गर्दछ। 

माना कहाँ राख्ने?

माना 'इआरसी२० टोकन' हो। त्यसैले तपार्इसँग धेरै 'वालेट'का विकल्पहरु छन्। 'ट्रेजर' वा 'लेडजर नानो एस' जस्ता 'हार्डवेयर वालेट'हरू धेरै उपयुक्त हुन्छन् । यसले तपार्इको रकमहरु अफलाइन राख्छ र क्षति गर्न सक्ने सफ्टवेयरसँग अति संवेदनशील हुन्छ। 

'डिसेन्ट्राल्यान्ड' ल्यान्ड खरिद गर्न प्रयोग हुने एक 'भर्चुअल रियालिटी प्ल्याटफर्म' हो। यहाँ तपार्इले विश्वभरका 'गेमर' र व्यवसायीहरुको कल्पनाको आधारमा तपार्इले आफूले खरिद गरेको ल्यान्डमा जे पनि गर्न सक्नु हुनछ। 

धेरै मार्केटमा परिक्षण नै नभएको यो एक 'युनिक प्रोजेक्ट' हो। नयाँ कन्सेप्ट भएकोले कतिपय देशमा यसको अनुमति छैन। तर पनि यदि 'डिसेन्ट्रल्यान्ड'का समर्थकहरुले चाहे अनुसार यसले स्वीकृती पाएमा हामीले अर्थतन्त्रको नयाँ 'इकोसिस्टम' देख्न सक्छौं। 

(ब्लुमबर्गक्वाइनसेन्ट्रलको सामाग्रीबाट सहयोग रन्जितको भावानुवाद)


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell