PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोटरसाइकलको ठक्ककरबाट कोटेश्वरमा पैदलयात्रीको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकलको ठक्ककरबाट कोटेश्वरमा पैदलयात्रीको मृत्यु

काठमाडौँः मोटरसाइकलको ठक्करबाट कोटेश्वरमा एक पैदलयात्रीको मृत्यु भएको छ। गएराति करिब ९ बजे बालकुमारीबाट काटेश्वर आउँदै गरेको बा ९२ प ५०६६ नम्बरको मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका नाम र ठेगाना नखुलेको अन्दाजी ३०र३२ वर्षीय पुरुष पैदलयात्रीको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell